स्वर्णलक्ष्मी शाकोसको १० औ साधारणसभा सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६


  • दमक,१४ भदौ  । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले पुरस्कार तथा सम्मानसहित आफनो १० औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा शनिवार एक कार्यक्रम गरि उत्कृष्ठ कारोवार गर्ने सदस्य,एसईईमा उत्कृष्ठ हुने दुई विद्यार्थी तथा पत्रकार सम्मान गरि आफनो साधारणसभा सम्पन्न गरेको हो ।
    दमक नगरपालिकाका प्रमुख रोमना ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष रवि न्यौपानेले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    दुवै प्रतिवेदन वन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक कमल घिमीरेले जानकारी दिए । त्यस अवसरमा संस्थामा गएको वर्ष उत्कृष्ठ बचत गर्ने तर्फ ११ तथा उत्कृष्ठ कारोवार गर्ने २६ जना सदस्यलाई पुरस्कृत गरियो भने कर्मचारी तर्फ पुरस्कार तथा सम्मानबाट कमल गड्तौलालाइ स्कोरर अफ द इयर,बिमला गिरीलाई स्कोरर अप द स्वर्णलक्ष्मी फ्रष्ट रनर अप, विनोद घिमीरेलाई सेकेण्ड रनर अप र उत्कृष्ट कर्मचारीका रुपमा बसन्त भट्टराई र हिरो अफ दि स्वर्णलक्ष्मीबाट विनीता खनाललाई नगद,प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
    सोहि कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ठ हुने सदस्यका छोराछोरीतर्फ क्रमशः सुजल खरेल र अनिशा पराजुलीलाई नगद,प्रमाणपत्रसहित पुरस्कृत गरियो ।दमकमा मुख्य कार्यालय रहेको सो संस्थाको कार्य क्षेत्र जिल्ला भरि छ । हालसम्म जिल्लाको झिलझिले,दुधे, केर्खा,गौरादहमा सेवा क्षेत्र विस्तार गरिएको छ । साधारणसभाले संस्थाको तीन वर्षे कार्यनीति समेत पारित गरेको जनाईएको छ ।
    संस्थाका सचिव बुद्धिसागर वरालले स्वागत मन्तव्य राखेको सो साधारणसभामा नगर प्रमुख ओली, कृषि,सहकारी तथा गरिवी निवारण मन्त्रालय एक नम्बर प्रदेश कार्यालयका सहकारी अधिकृत रामप्रसाद चापागाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अधयक्ष घनश्याम अधिकारी ,जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल, जिल्ला सहकारी संघ मोरङ्गका कोषाध्यक्ष राकेश दाहाल,मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, पुरस्कृत पत्रकार सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
                                      

                              कारोवार ६८ करोड बढी

    ४ हजार ५ सय ६४ जना शेयर सदस्य रहेको सो सहकारीले गएको वर्ष कुल ६८ करोड ७२ लाख ६० हजार ७ सय ६८ रुपैयाको कारोवार गरेको छ ।
    आर्थिक बर्ष २०७४,७५ मा ५६ करोड ३२ लाख २२ हजार ३ सय ७४ रुपैया कुल कारोवार गरेको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्ष भन्दा गतवर्ष कारोवार वृद्धि १२ करोड ३९ लाख ७२ हजार १ सय ३४ रुपैया गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ । त्यस्तै, गएको वर्षसम्म ६ करोड ६४ लाख २६ हजार १ सय रुपैया शेयर पूंजी रहेको छ भने आर्थिक बर्ष २०७८,७९ सालसम्म रु १४ करोड पुरयाँउने लक्ष्य राखिएको संस्थाले जनाएको छ । गएको वर्षनै संस्थामा ४४ करोड ७८ लाख ४४ हजार ९ सय ३५ निक्षेप, ५६ करोड ६६ लाख ५ हजार ५३ रुपैया कर्जा लगानी गर्न सफल भएको उल्लेख छ ।
    यसैगरि सहकारीले गएको वर्ष विभिन्न कर तर्फ राज्यलाई कुल ४४ लाख २९ हजार ३ सय ५३ रुपैया ६० पैसा बुझाएकाृे व्यवस्थापक घिमीरेले जानकारी दिए । आयकरतर्फ ११ लाख ३८ हजार २ सय ८० ,व्याजकरतर्फ २४ लाख ४ सय ९९ र अन्य विभिन्न कर गरि सो बरावरको राजस्व बुझाईएको हो ।

                                सीपमुलक रोजगारी कार्यक्रम गरिने

    सहकारीले यसवर्ष सीपमूलक विभिन्न जनशक्ति उत्पादन गरि स्वरोजगार वनाउन आफना १३ जना सदस्यहरुलाई विशेष किसिमको तालिमको व्यवस्था गर्ने प्रस्ताव गरेको छ । संस्थाले अनलाइन कम्प्यूटर,व्यूटिपार्लर,नेशनल रेफ्रिजेटर लगायतका सीपमूलक प्रतिष्ठान, व्यवसायिक फर्महरुको सहकार्यमा तालिम दिने नीति ल्याईएको अध्यक्ष न्यौपानेले जानकारी दिए । तालिम पछि सीप हासिल गरेका युवाहरुलाई स्वरोजगार वनाउन संस्थाले सो परियोजनाको ५० प्रतिशत सम्म लगानी गर्ने जनाईएको छ ।

    यसैगरि संस्थाले लामोसमयसम्म निस्कृय रहेका २०६ जना सदस्यको सदस्यता खारेजी समेत गरेको छ भने प्राकृतिक प्रकोप तथा दिर्घ रोगका लागि राहत वितरण लगायतका अन्य सामाजिक कार्य गर्न विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव गरिएको छ ।
    यसैगरि संस्थाले एकै प्रकृति अन्य सहकारीहरुसंग मर्जर तथा एक्वीजीसन गर्नका लागि अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय एक सहजीकरण उपसमिति समेत गठन गरिएको जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology