हाम्रो दमक डटकमका का.स. सुब्बा पुरस्कृत


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६


  • दमक,१४ भदौ ।परिक्षित मिडीया प्रालिद्धारा सञ्चालित हाम्रो दमक डटकम अनलाइन न्यूज पोर्टलका कार्यकारी सम्पादक विष्णु सुब्बा पुरस्कृत भएका छन् ।
    दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सहकारीका क्षेत्रमा लामोसमयदेखि कलम चलाएवापत पत्रकार सुब्बालाई नगद १० हजार तथा सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
    सहकारीको आज सम्पन्न १० औं बार्षिक साधारणसभाको उद्घाटनमा पत्रकार सुब्बालाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको व्यवस्थापक कमल घिमीरेले जानकारी दिए । नेपाल पत्रकार महासंघ झापाका पूर्व उपाध्यक्ष तथा एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार ( २०७४ ) वाट समेत पुरस्कृत भईसकेका पूराना पत्रकार सुब्बालाई नगर प्रमुख रोमनाथ ओलीले सम्मान गरेका थिए ।पत्रकार सुब्बा दुई दशक देखि दमक क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील छन् । उनी अनलाईनसहित राष्ट्रिय समाचार समिति ( रासस) को जिल्ला प्रतिनिधिका रुपमा समेत कार्यरत रहेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology