मेची बोर्डिङ्गलाई ब्रिटिश काउन्सिलको आइएसए अवार्ड


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६


  • झापा, भदौ १२ । झापाको मेची ईङलिस बोर्डिङ्ग स्कुलले ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तराराष्ट्रिय स्कुल अवार्ड (आइएसए) पाएको छ । १ नम्बर प्रदेशका ४ वटा संस्थागत विद्यालयले अन्तराष्ट्रिय अवार्ड पाएको हो । नेपालका १ सय ५७ वटा स्कुलको प्रस्ताव काउन्सिलले स्विकृत गरेको थियो । तर, ४१ वटा स्कुलले मात्र अवार्ड जित्न सफल भए ।

    मेची अञ्चलमा यो वर्ष अन्तराष्ट्रिय स्तरको अवार्ड पाउने झापाको माईधारीस्थित मेची ईङलिंस बोर्डिङ्ग स्कुल मात्र हो ।
    विश्वका ४१ वटा देशमा ब्रिटिश काउन्सिलले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक वर्ष काउन्सिलले नेपालका विभिन्न विद्यालयलाई अवार्ड प्रदान गर्ने गरेको छ । काउन्सिलले २१ औं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा र सिपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने उत्कृष्ट विद्यालयलाई अवार्ड प्रदान गर्ने गर्दछ । विद्यालयलाई मूल्याङ्कन गर्नु अघि काउन्सिलले विभिन्न कार्यक्रमको प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावहरुलाई स्वीकृत गरी कार्यक्रम गर्न अख्तियारी दिने गर्दछ ।
    कार्यक्रम गर्न दिएका विद्यालयहरुमध्येबाट उत्कृष्ट छनौट गरी काउन्सिलले अवार्ड प्रदान गर्ने गरेको छ । प्रस्ताव स्विृकत भएका स्कुल मध्ये प्रस्ताव अनुसार कार्यक्रम सम्पन्न गरेको र उत्कृष्ट कार्य गरेको आधारमा ती मध्ये ४१ वटा विद्यालयलाई अवार्ड दिइएको स्कुलका प्रिन्सीपल भिम भट्टराईले बताए ।
    प्राथमिक उपचार, साइबर क्राइम, धार्मिक स्थलको संरक्षण सम्बद्र्धन गर्ने तरिका, भूकम्पबाट हुने क्षति न्यूनिकरण, बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र तीनबाट जोगिने उपाय, स्थानीय भाषा र तीनको संरक्षण, मौलिक पोशाक र पहिचानको सम्बद्र्धन, मौलिक खाना बनाउने तरिका, लागु औषधले मानव जीवनमा पुर्याउने क्षती सम्बन्धीको शिक्षा र विद्युतीय साक्षरता सम्बन्धि प्रोजेक्टमा आइडल स्कुलका विद्यार्थीहरुले अध्ययन अनुसन्धान गरेका थिए ।
    अवार्ड विजेता मेची ईलिस बोर्डिङ्ग स्कुल संग बेलायतको सेन्ट जोसेफ हाइ स्कुल, सेन्ट म्यारी प्राइमरी स्कुल, बंगलादेशको श्रीपुर गभर्मेन्ट हाइ स्कुल, पाकिस्तानको आर्मि पब्लिक हाइ स्कुल र गभर्मेन्ट गल्र्स हाइ स्कुलसँग मिलेर ह्वाट्सएपमा विचार आदान प्रदान गरेका थिए ।

    यी कार्यहरु सम्पन्न गर्दा ब्रिटिस काउन्सिलले समय समयमा स्कुलमा नै आएर प्रत्यक्ष अनुगमन गरेको र रिपोर्ट बुझेका थिए भने सबै काम विद्यार्थीले गर्ने र शिक्षकले सहयोगीको भूमिका मात्रै निर्वाह गरेको प्रिन्सीपल भट्टराईले बताए ।
    अवार्ड विजेता स्कुलका शिक्षक तथा विद्यार्थीलाई काउन्सिलले बेलायतमा विशेष किसिमको तालिम समेत प्रदान गर्ने गरेको भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेपालका आइडल विद्यालय विश्वका आइडल विद्यालय संग शिक्षण सिकाईका लागि आउने जाने गरेका छन ।

    उक्त अवार्ड काउन्सिलले एक साता अघि काठमाडौमा आयोजित एक भव्य समारोहमा वितरण गरेको थियो । अवार्ड जित्न विद्यालयका शिक्षक शिक्षीकाको महत्वपूर्ण भुमिका रहेको भन्दै विद्यालय सञ्चालन समितिले शुक्रबार विद्यालय हातामा एक कार्यक्रमको आयोजना गर्दे शिक्षक शिक्षिकालाई सम्मान गरेको छ ।
    विद्यालय सञ्चालन समितिका अध्यक्ष बालकृष्ण चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा आईएसए कोअडिनेटर रिसभशिह चहर, विद्यार्थी रक्षा देउजाले अवार्ड पाउनु पूर्वको अभ्यास र पाएपछि जीवनको पहिलो खुसी भएको अनुभव सुनाए । सो कार्यक्रममा ध्रुवतारा अंग्रेजी माविका शिक्षक डम्वर खड्कालगायतले विद्यालय परिवारलाई वधाई ज्ञापन गरेका थिए । कार्यक्रमको स्वागत सुर्य अधिकारी र सञ्चालन पदम कुँवरले गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology