सुर्यमुखी शाकोसको चौथो बार्षिक साधारणसभा सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६


  • दमक,१२ भदौ । दमक ५ स्थित सुर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार आफनो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो ।
    जिल्ला सहकारी संघका सदस्य प्रेम कुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष चुडामणि ओझाले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक चुडामणि न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्द सत्रले सुझावसहित पारित गरिएको थियो ।
    उद्घाटन सभामा संस्थाले गएको वर्ष उत्कृष्ठ कारोवार गर्ने बचत तर्फ ,वाल बचत तर्फ र कर्जा तर्फका तीन दर्जन बढी सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिएको व्यवस्थापक गोकुल न्यौपानेले जानकारी दिए ।

    २५७ जना शेयर सदस्य रहेको सहकारीको गएको वर्षसम्म १ करोड ६८ लाख ६४ हजार शेयर पूंजी पुगेको जनाईएको छ । अघिल्लो वर्षभन्दा गतवर्ष ३५ प्रतिशतले शेयर वृद्धि गर्न सफल भएको अध्यक्ष ओझाले जानकारी दिए ।
    यसैगरि संस्थाले गएको वर्षनै निक्षेपमा १० करोड,११ लाख १४ हजार ४ सय ६९ र१४ करोड ६७ लाख २७ हजार ५ सय ९६ रुपैया ऋण लगानी गरेको जनाईएको छ ।

    त्यस अवसरमा प्रमुख अतिथि कोइराला, राष्ट्रिय सहकारी कर्मचारी संघ झापाका अध्यक्ष निलकण्ठ निरौला, कञ्चनजंघा बहुउद्देश्यीय सहकारीका अध्यक्ष मणिकुमार भण्डारी, मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, सतासी शाकोसका अध्यक्ष राजन दंगाल , जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य कमल घिमीरे लगायतले सहकारीको बारेमा बोलेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology