दुई पत्रकारसहित सहकारी अभियन्ता पुरस्कृत


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६


  • दमक,१२ भदौ । झापाको दमकमा क्रियाशील दुई जना पत्रकारसहित सहकारी अभियन्तालाई मेची सहकारी संस्थाले सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
    आज संस्थाको २३ औं बार्षिकोत्सव तथा २५ औं साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उनीहरुलाई सम्मान गरे । सहकारीले स्थापना गरेको मेची सहकारी पत्रकारिता पुरस्कार दमकबाट सञ्चालित निष्कर्ष न्यूजका कार्यकारी सम्पादक विष्णु पौडेललाई र गणेश प्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका सम्वाददाता डिकेश लामालाई प्रदान गरियो ।
    सोही अवसरमा सहकारी अभियान्ताका रुपमा रमेश पोखरेललाई सम्मान गरियो भने सञ्चार गृह तर्फ रेडियो भिजन विर्तामोडलाई पुरस्कृत गरिएको छ । त्यस्तै, सदस्यका परिवारबाट एसईइमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरियो ।
    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कार्कीले प्रदेश सरकारले कुनै आग्रह पूर्वाग्रह नराखि वित्तिय दलालहरुबाट मुक्त हुँदै सहकारी ऐन तथा नियमहरु बनाउन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिव डाँगी, सहकारी अभियान्ता रमेश पोखरेल, जिल्ला सहकारी संघका सहसचिव भानु दंगाल लगायतले सहकारी अभियानलाई निरन्तर अघि बढाउन सहकारी मैत्री कानुन निर्माणमा जोड दिए ।
    मेची सहकारीका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दमक ४ मा संस्थाले सहकारी आवास क्षेत्र निर्माणको तयारी पूरा गरेको जानकारी दिए । यसवर्ष शुरु गरि ४८ वटा आवास गृह निर्माण गर्न लागिएको जनाए । संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
    सोहि अवसरमा संस्थाको वन्दसत्रले अध्यक्ष तथा लेखा समितिको प्रतिवेदन आवश्यक सुझावसहित पारित गरिएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology