‘पदाधिकारीमा अनिवार्य महिलाको छुट्टै पदको व्यवस्था गर्न पहल गर्छु ’


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६


  • रमा लिम्बु –दमकको उद्योगी,व्यवसायीमाझ परिचित नाम हो । दमकका उद्योगी,व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेकी लिम्बु व्यवसाय बाहेक विभिन्न सामाजिक गतिविधिहरुमा समेत क्रियाशील रहिआएकी छिन् ।

    व्यवसाय वाहेक सामाजिक कार्य गर्न रुचि राख्ने उनी पेशाले सौन्दर्यकला व्यवसायी हुन् । उनले दुई दशक देखि दमकमा वसेर सौन्दर्यका क्षेत्रमा काम गरिआएकी छिन् । आफ्नो पेशासंगै सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता बढाएकी रमाले सफल उद्यमी व्यवसायी मात्रै नभएर अहिले सम्म सफल नेतृत्वको पहिचान समेत बनाउदै गएकी छिन् । सौन्दर्यकला व्यवसायी संघ झापाको कोषाध्यक्ष समेत रहेकी उनले विभिन्न आधा दर्जन बढी संघ संस्थाहरुमा सफल नेतृत्व दिईरहेकी छिन् । यसैगरि,महिला अधिकारका क्षेत्रमा राष्ट्रिय महिला अधिकार मञ्च दमकको अध्यक्षका रुपमा रहेर उनले काम गरिरहेकी छिन भने स्वयंसेवी संस्थाका रुपमा रहेका लायन्स क्लब, रोटरी क्लब जस्ता संस्थाहरुमा समेत रहेर सामाजिक सेवालाई अघि बढाईरहेकी छिन् ।
    दमक १ स्थायी घर भएकी उनले दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा तृतीय उपाध्यक्ष पदमा उम्मेदवार हुन् । प्रस्तुत छ , उनै उम्मेदवार लिम्बुसंग निर्वाचन र उम्मेदवारीका विषयमा गरिएको कुराकानी ।

    कार्यसमिति सदस्य भईसकेको मान्छे किन फेरि उम्मेदवार वन्ने आकाक्षी हुनुभयो ?
    राम्रो प्रश्न गर्नुभयो , जहाँसम्म मैले वाणिज्य संघमा काम गरेको तीन वर्षको अनुभवलाई अव फेरि पनि दमकका उद्योगी,व्यवसायीहरुका लागि अझै केहि गर्न सकिएला भन्ने ढृण इच्छा राखेर मैले यसपटक आफूलाई अपग्रेडका साथ संघको तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छु । सदस्य भएर काम गरेपछि स्वभाविक रुपमा पदाधिकारीमा गएर काम गर्ने आत्मविश्वासले गर्दा पनि मैले तृतीय उपाध्यक्ष पदमा आफूलाई प्रस्तुत गरेकी छु  ।
    तृतीय उपाध्यक्षमा तपाई योग्य उम्मेदवार ठान्नुहुन्छ ?
    निश्चय पनि । सदस्य भएर काम गरिसकेको प्रशस्त अनुभव वटुलेकी छु । त्यस्तो त संघको संस्थागत संरचनामा पनि तृतीय उपाध्यक्षको बढी भूमिका आर्थिक ( कोष ) कारोवारसंग जोड्ने भएकाले आम समाजमा महिलाले त्यो जिम्मेवारी निष्पक्ष ढंगले पूरा गर्छन भन्ने बुझाई पनि रहेकाले तथा हालसम्म पदाधिकारीमा महिलाले अवसर नपाएको हुदाँ पक्कै पनि मेरो उम्मेदवारी विविधि कारणले उपयुक्त होला भन्ने ठानेकी छु । त्यस्तै, लामोसमयदेखि दमकमा बसेर व्यवसायीसंगै सामाजिक क्षेत्रमा जति काम गर्न सकेको छु त्यो जिम्मेवारीसंगै ती काम थप पूरा गर्नका लागि पनि मैले योग्य ठानेर उम्मेदवारी दिएकी छु । अव मेरो योग्यताको परिक्षण गर्ने दायित्वको घडीमा आम दमकका व्यवसायीहरु हुनुहुन्छ । पक्कै पनि मैले तपाईहरुको माया,विश्वास प्राप्त गर्ने छु भन्ने लागिरहेको छ ।
    निर्वाचनमा होमिनुभएको छ, तपाईको जित्ने आधारहरु के के हुन् ?
    दमकमा आधा बढी व्यवसायीहरु महिला सञ्चालकहरुनै भएकाले महिलाले महिलालाई प्राथमिकता दिने, अवसर दिने छन् भन्ने विश्वास लिएकी छु । त्यसतो अहिले वाणिज्य संघको निर्वाचनमा कुनै पनि प्यानलले महिला उम्मेद्वारलाई पदाधिकारीमा स्थान नदिएको गुनासो मतदाताहरुले आफूसंग राखिरहेकाले यसपटक पदाधिकारीमा मलाई अत्याधिक मतले जिताउने हुनेछन् भन्ने विश्वास लिएकी छु । तपाईहरुले जिताएर पठाएमा अव संघको पदाधिकारीमा अनिवार्य महिलाको छुट्टै पदको व्यवस्था गर्ने विधानमै उल्लेख गराउन आफूले सशक्त भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
    तपाईको प्रतिष्पर्धी पनि बलियो उम्मेदवार मानिन्छन्, आम व्यवसायीमाँझ जादाँ कस्तो प्रतिकृया पाउनुभएको छ ?
    मेरो प्रतिष्पर्धी भन्नु भन्दा पनि हामी चेलीमाइतीका रुपमा चुनावी मैदानमा छौं । वाणिज्य संघको कार्यसमिति सदस्य भएर संगै काम गर्दा उहाँ ( ज्ञाननाथ पौडेल ) अत्यन्त मिलनसार हुनुहुन्छ । तर ,यतिखेर हामी निर्वाचनको लोकतान्त्रिक अभ्यासमा छौं । उहाँ आफैमा योग्य हुनुहुन्छ ,उहाँको विरुद्ध मैले बढी वोल्नु सान्र्दभिक हुदैन् ।
    तर निर्वाचनमा जादाँ मैले आफूलाई योग्यताको हिसावले यस क्षेत्रमा बढी लगानी गरेको छु । यहाँको हावापानी,छरछिमेक,साथीभाई र सामाजिक कर्तव्यहरुसंग भिजेको छु , रातदिन खटिआएकोछु । त्यो कर्म प्रतिको जिम्मेवारीलाई यसपटक पनि आम व्यवसायीहरुले परिक्षण गरेर पास गराईदिनु हुने भन्ने आशा र भरोसा गरेकी छु ।
    तपाईहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहको प्रतिवद्धताहरु के के छन् ?
    गोकूल श्रेष्ठ नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलले ल्याएको संयुक्त प्रतिबद्धता पत्र हाम्रा साझा प्रतिबद्धता हुन् । वाणिज्य संघलाई  उद्यमी व्यवसायीहरुको व्यवसाय, सीप र क्षमताको विकास गर्ने नौलो तथा सकरात्मक नमुना योग्य प्रतिवद्धता ल्याएका छौ । हामीले राजनीतिक भन्दा माथि उठेर दमकका व्यवसायीहरुको चातर्फी विकासका लागि संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने किसिमका कयौ मुद्याहरु व्यवसायीहरुका माझ ल्याएका छौं । ती सवै प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता पुनः दोहोरयाँउन चाहन्छु ।
    कस्ता कस्ता प्रतिवद्धताहरु छन् ?
    २४ वुदे सार्वजनिक सो प्रतिबद्धतामा व्यवसायीलाई बोझको रुपमा रहेको भ्याट् लगायतको कर प्रणालीलाई व्यवस्थित गर्न पहल गर्ने, संघको पहलमा करदाता परामर्श सेवा हेल्प डेक्स सञ्चालनमा ल्याउने, व्यापारीलाई लिईदै आएको दोहोरो,तेहेरो करलाई न्यूनीकरण गरिने ,सडक पूर्वाधारका नाममा वजार प्रवेश गर्ने सवारी साधनलाई लिईदै आएको अतिरिक्त कर हटाउन पहल गरिने छ । यसैगरि, व्यवसायिक हितकोषलाई लागत अनुसार वितरण गरिने, संघमा आवद्ध हुने व्यवसायीसंग लिईदै आएको महंगो र अतिरिक्त शुल्क घटाउने ,फोहोरमैला संकलनको नाममा लिईदै आएको महंगो अतिरिक्त शुल्क घटाउने पहल गरिने उल्लेख छ ।

    यस्तै, व्यवसायी र घरवालाको सुमधुर सम्बन्ध वनाउन दुवै पक्ष रहने गरि संघको अभिभावकत्वमा एक समिति निर्माण गरिने , संघमा आर्थिक अनुशासन कायम गरिने, फलफूल ,तरकारी तथा मासुजन्य पदार्थलाई विषादीरहित वनाउन आवश्यक प्रयोगशाला निर्माण गरिने उल्ल्खे छ ।
    निस्कृय अवस्थामा रहेको इलम प्रशिक्षण केन्द्रलाई पुनः सञ्चालन गरिने, साप्ताहिक हाट तथा वजारलाई व्यवस्थित गरिने, दमकलाई सुरक्षित वजारका रुपमा विकास गर्न सीसी क्यामेरा जडान गरिने, दमकको औद्योगिक पार्क निर्माण गर्न संघमार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गरिने, वन्द,हडताल तथा चन्दा आतंकलाई निस्तेज पारिने, लगायतका व्यवसायिक मुद्याहरु सुल्झाउने साँझा प्रतिवद्धता गरिएका छन् ।ती सवै प्रतिबद्धताहरु पूरा गराउन लाग्ने यसै पत्रिकामार्फत प्रतिवद्धता पनि जाहेर गर्दछौ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology