उद्यम शाकोसको ११ औ साधारणसभा


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६


  • दमक,११ भदौ । दमक ६ मा रहेको उद्यम बिकास वचत तथा ऋण सहकारी संस्थाले आज आफनो ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित साधारणसभामा दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।


    साधारणसभाको अवसरमा झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा, मेची सहकारी संस्था दमकका सचिव लक्ष्मीप्रसाद दाहाल लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
    सधारणसभामा सहकारीकी अध्यक्ष चन्द्रा खड्का भट्टराईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र लेखा समितिका कार्यबहाक संयोजक सोमनाथ बरालले प्रस्तुत गरेको लेखा प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका सहसचिव विरेन्द्र पोखरेलले जानकारी दिए ।

    २०६५ सालमा स्थापना भएको सो सहकारीमा हाल १ हजार ४ सय २४ जना शेयर सदस्य रहेका छन् । संस्थाले गएको वर्ष कुल ६ करोड ४ लाख ४७ हजार ५ सय ४५ रुपयाँको कारोबार गर्न सफल भएको सहकारीकी अध्यक्ष खड्काले वताईन् ।
    कार्यक्रममा ५ वाल बचत, २ जेष्ठ नागरिक, ५ उत्कृष्ट कर्जा १ एकल महिला १६ उत्कृष्ट कारोवारकर्ता र १ उत्कृष्ट कर्मचारीका श्रपमा उत्तम घिमिरे सहित विभिन्न क्षेत्रमा उत्कृष्ठ कारोवार गर्ने ३० जनालाई सम्मान गरिएको सदस्य बालकृष्ण श्रेष्ठले जनाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology