दमकमा मंगलादेवीको स्मृतिसभा


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६


  • दमक,१० भदौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष एवम् महिला आन्दोलनकी अभियान्ता स्व. मंगलादेवी सिंहको २४ औं स्मृति दिवस आज झापाको दमकमा मनाइएको छ ।  नेपाल महिला संघ क्षेत्रीय समिति र दमक नगर समितिले विशेष कार्यक्रम गरि उनको सम्झना गरेका हुन् ।

    संघीय सांसद तथा नेपाली कांग्रेसकी नेतृ महेन्द्र कुमारी लिम्बुको प्रमुख आतिथ्य , राष्टिय सभा सदस्य धना खतिवडाको विशेष आतिथ्यमा भएको सो कार्यक्रमका वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र महिला अधिकारको आन्दोलनमा स्वर्गीय सिंहले दिएको योगदान अविस्मरणीय रहेको चर्चा गरे ।


    संघकी क्षेत्रीय सभापति रेगिना भटटराईको सभापतित्वमा भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरुको परिचय समेत गराइएको थियो ।

    सो अवसरमा निर्वाचन परिचालन समिति संयोजक तथा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश प्रसाई र यस पटकको निर्वाचनका अध्यक्षका प्रत्यासी उम्मेद्वार गोकूल श्रेष्ठले लोकतान्त्रिक व्यवसायीहरुको प्यानलले महिला उम्मेद्वारलाई पुरुष उम्मेद्वारसंग समेत प्रतिस्पर्धामा उत्रिन सक्ने नेतृका रुपमा विकास गराएको बताए । लोकतान्त्रिक व्यवसायीहरुको प्यानलबाट संघको तृतीय उपाध्यक्षमा रमा लिम्बुलाई सर्वसम्मत उम्मेद्वार बनाएको छ भने खुल्ला महिला सदस्य तर्फ सुस्मा निरौला न्यौपाने र दिलु सुब्बालाई उम्मेदवार बनाएको भन्दै लोकतान्त्रिक प्यानल र महिला नेतृहरुलाई निर्वाचन जिताउन सबै महिलाहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।
    संघकी नगर सभापति मन्दरा पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सरस्वती सेडाइँले गरेकी थिइन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology