फाल्गुनन्द शाकोसको प्रतिवेदन सार्वजनिक


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६


  •   दमक,१० भदौ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले यहि भदौ १५ गते हुने आठौ बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज संस्थाले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि बार्षिक प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरेको हो । बार्षिक साधारणसभा दमक ८ स्थित कस्मिक पार्टी प्यालेशमा हुदै छ ।
    प्रतिवेदन संस्थाका अध्यक्ष पदम लिङ्गदेन ( संकल्प ) ले सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिक गर्दे अध्यक्ष लिङ्गदेनले संस्थालाई सदस्यमुखी वनाउन सञ्चालक समिति सधै प्रयत्नशील रहेको उल्लेख गरे । उनले संस्थाको बार्षिक नीति तथा कार्यक्रम संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए ।


    प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सचिव दिलीप जवेगु, कोषाध्यक्ष फूलमाया आङ्गदेम्बे, व्यवस्थापक कुवेर तुम्बापो,सञ्चालकहरु गुमानसिंह सम्बाहाम्फे,इक्सा सेरेङ्गे ,टेकनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
    ७ सय ६७ जना शेयर सदस्य रहेको सो संस्थाको हाल शेयर पूंजी २ करोड ४५ लाख ७१ हजार ७ सय पुगेको छ । गत वर्षको तुलनामा शेयर पूंजी ५१ लाख १६ हजार ४ सय बृद्धि हो । संस्थाले चालु वर्षमा भने ३ करोड शेयर पूंजी पुरयाँउने लक्ष्य राखिएको प्रतिवेदनमा जनाईएको छ । यसैगरि गएको वर्ष २९ करोड ६९ लाख १७ हजार १ सय ७८ निक्षेप गर्न सफल भएको जनाईएको छ । यस्तै, सोहि वर्ष संस्थाले १० करोड ९८ लाख ४० हजार ४४६ रुपैया ऋण लगानी गरेको छ । त्यो आर्थिक बर्षमा कुल ४२ करोड ८१ लाख ३६ हजार ४ सय १२ रुपैयाको कुल कारोवार गरेको छ भने विभिन्न करमार्फत सरकारलाई ९ लाख ५६ हजा ७ सय ६७ रुपैया राजस्व बुझाएको अध्यक्ष लिङ्गदेनले जानकारी दिए ।

    दमक ६ स्थित लिङ्गदेन मार्गमा मुख्य कार्यालय रहेको सो सहकारीले गत जेठ १७ देखि विर्तामोडमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याएको सचिव दिलीव जवेगुले वताएका छन् । यस्तै, आफना सदस्यहरुको सुविधाका लागि यसवर्ष पनि शिवसताक्षीस्थित झिलझिले तथा दुधेमा थप सेवा केन्द्र विस्तार गर्ने लक्ष्य राखिएको प्रतिवेदनमा जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology