टिमाई र कुरुङको तस्करी रोक्ने जनप्रतिधि र प्रहरीको प्रतिबद्धता


आयुष निरौला
  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६


  • बुद्धशान्ति । झापाको पूर्वोत्तर क्षेत्र बुद्धशान्ति गाँउपालिका रहेको नदी तथा खोलाहरुका उत्खनन् हुदाँ खानेपानी तथा भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै जनप्रतिधि र स्थानीय त्यस विरुद्ध एकजुट भएका छन् ।

    टिमाई र कुरुङ खोलामा दोहान हुने क्रम नरोकिएको भन्दै बुद्धशान्ति–६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेलले खोलाको प्राकृतिक स्रोतको संरक्षण गर्नका लागि स्थानीय अगुवासहित जनप्रतिनिधि एक भएर लागेको बताए । गत वर्षदेखि नै खोलामा दोहन हुने जानकारी स्थानीयले गराउदैं आएको भन्दै वडाध्यक्ष पौडेलले स्थानीय अगुवाकै पहलमा यसलाई रोक्न एकजुट हुने निर्णय भएको जानकारी दिए ।

    सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले विरोध गरेपछि जनप्रतिनिधिहरुकै अगुवाईमा तस्करी रोक्न समिति गठन भएको छ ।

    नदीबाट चरम रुपमा उत्खनन् भएका कारण पिउने पानीको मुहान सुक्दै गएको, नहर र पैनीका मुहान उठाउन समस्या भएको र बस्ती समेत जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । उनीहरुले नदिजन्य वस्तुको उत्खनन्मा प्रहरीकै संलग्नता रहेको आशङ्का गरेका छन् । वातावरणलाई विशेष ध्यान दिनुपर्ने,वस्तिको जोखिम, पिउने पानीको मुहान सुक्दै जानु, खेतीबालीमा लगाउने पानीको मुहान, वातावरण्ीाय अस्वच्छता, व्यक्तिगत सम्पतिको हानी नोक्सानी आदि कुरामा ध्यान नदिदाँ त्यस क्षेत्रमा बहने पानीको मुहान सुक्दै गएको छ । त्यस्तै चुरे क्षेत्रमा पहिरोको जोखिम समेत बढेकाले बस्तीहरु नै जोखिममा पर्न सकने भनदै स्थानीयले चिनता ब्यक्त गरेका छन् ।

    टिमाई खोलामा तस्करी हुने विषयमा वर्षेनी स्थानीयले आवाज उठाउने गरेपनि शसस्त्र प्रहरीको सेटिङमा तस्करी रोकिएको छैन् । स्थानीयले आवाज उठाएपछि केहि दिन गस्ती गरे झैं गर्ने शसस्त्रले सेटिङ मिल्न साथ त्यस तर्फ ध्यान नदिँदा रातभर तस्करी हुने गरेको स्थानीयले बताए ।

    यसैबीच टिमाई खोलाको संरक्षणका लागि पुष्पमणी रिजालको अध्यक्षतामा टिमाई र कुरुङ खोला नियन्त्रण तथा संरक्षण समिति समेत गठन गरिएको छ । २७ सदस्य समितिमा धुलाबारी खानेपानी उपभोक्ता समिति, रमिते खानेपानी योजना, कप्तान जन समुह पैनी, जनसेवा खानेपानी समिति, पौरखी स्प्रिङकल सिचाई समिति, रुद्रबहादुर पुलामी, गोपाल थापा, कल्पना राई, पहलमान आले मगर, दिलबहादुर थापा, देउकुमारी अधिकारी, दामोदर ढकाल, पुष्प ढकाल, मनोज खेवा, प्रदिप गिरी, केदार लुईटेल, मिना तामाङ, कृष्ण प्रधान, जीतबहादुर राई, जीतबहादुर लिम्बु, गजाधर पौडेल, डिल्लीराम चापागाई, खड्ग पुलामी, डिल्लीराम मगर लगायत रहेका छन् ।

    समिति गठन लगत्तै वडा–४ का वडाध्यक्ष बुद्धिमान जवेगु (लिम्बु) ले समिति गठनले प्राकृतिका सम्पदाको संरक्षणमा टेवा पुग्ने आशा ब्यक्त गरेका छन् । उनले प्रहरीले प्रभावकारी काम गर्नुपर्ने भन्दै खोलाको दोहन रोक्न स्थानीय तहले सहयोग गर्ने बताए ।

    त्यस्तै वडा–५ का वडाध्यक्ष बासुदेव खतिवडाले समिति गठन पछि चुरे दोहन रोकिने विश्वास ब्यक्त गर्दै प्रहरीलाई सवारी साधनका लागि तीनै तहमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले अहिले समुह बनाएर गस्ति गरिन थालिएको बताए । समिति गठनका क्रममा सहभागि भएका सशस्त्र टिमाई बेस क्याम्पका प्रमुख शुदर्सन रिजालले स्थानीयको साथ र सहयोग पाए प्रभावकारी रुपमा अवैध नदी जन्य पदार्थको रोक्न सहयोग गर्ने बताए । उनले जनशक्ति र सवारी साधानको अभावले तस्करी रोक्न समस्या भएको उल्लेख गरे ।

    यस अघि टिमाई खोलाको दोहनको विषयमा गुनासो आएपछि गत वर्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेश सांसद गोपाल बुढाथोकी लगायतको टोलि स्थलगत अनुगमनमा गएका थिए । अनुगमनका क्रममा अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउने प्रजिअ दाहालले प्रतिबद्धता जनाएका थिए ।

    यस्तै तस्करी रोक्नका लागि गस्ती गर्दा प्रहरीलाई सवारी साधनको अभाव भएको जनाएको छ । सशस्त्र प्रहरीका प्रमुख सुदर्शन रिजाललाई वडा–६ का वडाध्यक्ष पौडेलले एक थान मोबाईल सेट प्रदान गरेका छन् । भेलामा शान्ति आदर्श मावि व्यस्थापन समिति अध्यक्ष शिवकुमार पौडेल, कप्तान जन समुह पैनीका अध्यक्ष थिर प्रसाद खतिवडा, चुल्ठे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष डम्बर अधिकारी, धुलाबारी खानेपानी उपभोक्ता समिति अध्यक्ष अजय घिमीरे लगायतको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology