एनआरएनए युएईको अध्यक्षमा कोइराला चयन


आरपी सहयात्री
  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६


  • युएई- गैरआवासीय नेपाली संघ युएईको २०१९-२१ को अध्यक्षमा प्रकाश कोइराला नियुक्त भएका छन् । निकै बहस, आरोपप्रत्यारोप, छ्लफल र अन्ततः सहमतिपछि कोइराला सर्वसम्मत चयन भएका हुन् ।

    मध्यपश्चिमको बर्दिया स्थायी घर भएका कोइराला प्रवासी नेपाली मञ्चका पुर्वअध्यक्ष हुन् । युएईको नेपाली समुदायमा निडर, प्रष्टवक्ता र विवादरहित बौद्धिक व्याक्तित्व हुन् । विदेशको कमाई, स्वदेशमा लगानी गरी देशको अर्थतन्त्रमा योगदान गर्ने एनआरएन अभियानको लक्ष्यअनुरुप नवनियुक्त युएईका अध्यक्ष कोइरालाले नेपालमा रेस्टुरेन्ट र निर्माण सामग्रीको ब्यावसाय तीन वर्षअगाडिदेखि सुरु गरेका छन् । युएईको पानासोनिक कम्पनीमा म्यानेजरका रुपमा कार्यरत कोइराला एनआरएनए युएईको अध्यक्षमा निर्वाचित भएका कारण यो नेतृत्वले युएईमा समस्यामा परेका नेपाली मजदुरहरुको पक्षमा प्रभावकारी काम गर्ने धेरैले विस्वास गरेका छन् ।

    समितिको उपाध्यक्षमा पासाङ रेन्जी शेर्पा र निराजन सिलवाल

    राजन खतिवडा सर्वसम्मत चयन भएका छन् । नेपाली आदिवासी जनजाति महासंघ, युएई शाखाका निवर्तमान अध्यक्ष शेर्पा कुनै समय जनजातिहरुको वकालत गर्ने ब्राह्मणबादको कट्टर विरोधी आदिवासी अभियन्ताका रुपमा परिचय बनाए पनि पछिल्लोपटक मध्यमार्गी व्याक्तित्वको रूपमा चिनिन थालेका छन् । कुनै समय एनआरएन नेतृत्वको विरोधीको रुपमा चिनिएका शेर्पा अहिले आफै एनआरएनए युएईको दोश्रो वरियताको नेतृत्वमा पुगेका छन् । एक महिला उपाध्यक्ष र थप एक उपाध्यक्षको पद रिक्त रहेको छ, यसलाई केन्द्रीय समितिको बैठकले नियुक्त गर्ने परम्परा छ ।

    महासचिवमा निस्चल दाहाल सहमतिमै चयन भएका छन् । दाहाल युएईको नेपाली सामाजिक गतिविधिमा परिवर्तनकारी, वाकपटुक युवा व्याक्तित्व हुन । झापाका स्थायी बासिन्दा दाहाल यसअघिको समितिमा महासचिव पदमा कृष्ण पौडेलसँग पराजित भएका थिए । यसपालि पनि कृष्ण पौडेलसँगै उम्मेदवारी दिएका दाहालले आफ्नो ब्याक्तित्व, प्रभाव र दवाबका बीच पद हात पार्न सफल भएका हुन् । यसैगरी सचिवमा झापाका जीवन दास र चितवनका रमेश क्षितिज परियार नियुक्त भएका छन् भने कोसाध्यक्षमा विकास ठकुरी र सह कोसाध्यक्ष फडिन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

    युवा संयोजकमा चितवनकै मदन अधिकारी चयन भएका छन् । यसअघि दुबई क्षेत्रीय समन्वय परिषदका अध्यक्षसमेत रहेका अधिकारी युएईको नेपाली सामाजिक परिवेशमा प्रभावशाली युवाको रूपमा परिचित छन् । महिला संयोजकमा पोखराकी शोभा शर्मा रहेकी छन् भने महिला सदस्यमा सरस्वती न्यौपाने नियुक्त भएकी छन् ।

    यसैगरी एनआरएनए युएईका नवनियुक्त केन्द्रीय सदस्यहरुमा सुशील खत्री क्षेत्री, सम्भु पोखरेल, मानबहादुर खाती, विरेन्द्र खडका, सुजन सापकोटा, कृष्ण ठाकुर, प्रकाश रायमाझी, कुमार कार्की, कमल मोहम्मद मिया, प्रकाश थापा, गोविन्द पराजुली र अमित पाण्डे रहेका छन् । क्षेत्रगत प्रतिनिधिका रुपमा एनआरएनए युएईको केन्द्रीय सदस्यमा सारजाबाट विरेन्द्र नकर्मी, फुजेराबाट सेर सुनार, अलएनबाट राजन अधिकारी र अजमानबाट प्रकाश पोखरेल चयन भएका छन् ।

    युएईबाट एनआरएनएको आइसीसी प्रतिनिधिका रुपमा ठाकुरप्रसाद ढुंगाना, राजु केसी, नेत्र शर्मा निर्विरोध चयन भएका छन् । एनआरएनए युएई २०१९-२०२१) कार्यकालका क्षेत्रीय अध्यक्षहरु र सम्बन्धित क्षेत्रमा समितिहरु यसअघि नै सहमतिको आधारमा गठन भइसकेका छन् ।अबुधाबीमा विश्वदेव शाह, दुबईमा भिम मल्ल ठकुरी,फुजेरामा काशीनाथ कार्की, सारजामा सरोज अधिकारी, अजमानमा धनपती न्यौपाने, अलएनमा उज्ज्वल दाहाल र रास अल खेमामा सुरेस कुमार श्रेष्ठ क्षेत्रीय अध्यक्षका रूपमा नियुक्त भएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology