हलुवाईले मनाए दमकमा बाबागनीनाथको पूजा


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


  • दमक,७ भदौ। सधैझै यसवर्ष पनि तराईका हलुवाई समुदायले बाबागनीनाथ महाराजको पूजा भव्य रुपले मनाएका छन् ।

    हलुवाई समाज नेपाल दमक नगर समितिले यहाँ शनिवार झापा भरिका हलुवाई समुदायको वृहत उपस्थितिमा यसवर्षको वावागनी महाराज पूजा शनिवार यहाँ भव्य रुपले मनाएका हुन् ।


    श्रीकृष्णजन्म अष्टमीको भोलिपल्ट शनिवारका दिन बर्सेनी मनाउदै आएको हलुवाई समुदायको कुलदेउताको पूजा यसवर्ष समेत शोभायात्रा गर्नुका साथै पूजाआजा गरि मनाईएको हलुवाई समाज दमकका पूर्वअध्यक्ष रामशीष शाहले बताएका छन् ।

    उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट सहभागि भएका सयौ हलुवाई समुदायले शोभायात्रा निकालेर इष्ट देउताको जयजयकार गरि नगरपरिक्रमा गरिएको थियो । नगरपरिक्रमा पछि सहभागिहरुले उत्सवका रुपमा वाबागनीनाथको सामूहिक रुपमा पूजाआजा गरि मनाईएको पूजामा सहभागि दमक ८ का शिव शाहले वताएका छन् ।

    दुई दशक पछि पहिलोपटक आफनो कुलपूजामा सहभागि भएका अमेरिकामा बस्दैआएका शिवले भने,–‘यसरी सामूहिक रुपमा आफूले पहिलोपटक बाबागनीनाथको पूजामा सहभागि हुने अवसर प्राप्त गरे ’ आफना संस्कृतिको संरक्षण गर्न खाँचो भईरहेको वेला दमकका हलुवाई समुदायले पहिलोपटक उदाहरणीय कार्य गर्न सफल भएको उनले दावी गरेका छन् । सो पूजामा हलुवाईसंगै तराई मूलका अन्य समुदायहरुको समेत उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology