‘दउवासंघ’को निर्वाचनका लागि समिति गठन


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


  • दमक,७ भदौ । यहि भदौ २० गते शुक्रवार हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न गर्न पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । संघले निर्वाचन कार्य सम्पन्न गराउन दमकका शैक्षिक अगुवा दिलीप श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रथम उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिए ।

    शुक्रवार सम्पन्न संघको साधारणसभाले सो निर्वाचन समिति गठन गरिएको जनाईएको छ ।गठित निर्वाचन समितिको सदस्यहरुमा लीला गुरागाई,प्रदीप कोइराला,घनश्याम न्यौपाने र कृष्ण कार्की रहेका छन् । उक्त समितिले संघको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जनाईएको छ ।
    तीन वर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्षसहित पाँच पदाधिकारी,दुई महिला सदस्य,पाँच वस्तुगत सदस्य ,खुल्ला ६ सदस्य पदका लागि प्रतिष्पर्धा हुने गठित निर्वाचन समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
    त्यस्तै, निर्वाचनबाट संघको एक लेखा संयोजक र दुई सदस्य समेत निर्वाचित हुने छन् । संघको निर्वाचनमा यसपटक २६९१ जना व्यवसायीले आफनो मताधिकार प्रयोग गर्ने जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology