महेन्द्रा कम्पनीको जे ९० ग्रेडर अब झापामा, सिद्धिराज कन्सट्रक्सनले गर्यो पहिलो बुकिङ


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


  • बिर्तामोड । महेन्द्रा कम्पनीको जे ९० ग्रेडर बजारमा आएको छ । नेपालमा एमभी दुगर ब्रदर्श एन्ड सन्स प्रालिले महेन्द्रा कम्पनीको जे ९० ग्रेडर झापाका बजारमा ल्याएको हो । शुक्रबार मेचीनगरको धुलाबारीमा ग्रेडरको डेमोस्ट्रेसन गर्दै प्रालिले विक्रीका लागि बजारमा ल्याइएको जनाएको छ ।

    झापाका लागि विवेक अटो मोवाइल्स प्रालिले निर्माण व्यवसायीहरुको मागलाई ध्यानमा राखेर ग्रेडर बजारमा ल्याएको अटो मोवाइल्स प्रालिका मेनेजर अनिल श्रेष्ठले बताए । ग्रेडर सार्वजनिक कार्यक्रममा महेन्द्रा कम्पनीका प्रतिनिधि हरिस त्यागीले वल्र्ड क्लास पार्टस् र क्वालिटी भएको ग्रेडर सहज र सुलभ रुपमा उपलब्ध रहेको बताए ।

    निर्माण व्यवसायीहरुको काम सहज र सरल बनाउन कम्पनीबाट प्रदान गरिने सेवामा कुने सम्झौता नगरिने उनले बताए । त्यसैगरी, नेपालका लागि सेल्स प्रतिनिधि महम्मद सद्दामले ठूला ग्रेडरहरु अत्यधिक मूल्यका हुने भएकाले सामान्य निर्माण व्यवसायीलाई ध्यानमा राखी जे ९० ग्रेडर बजारमा ल्याइएको बताए ।

    विकासोन्मुख देशहरुमा सडक निर्माण लगायतका काममा ठूलाभन्दा साना ग्रेडर उपयुक्त हुने गरेकाले निर्माण व्यवसायीहरु आकर्षित हुन थालेका उनले बताए । २ वर्षअघि भारतमा लन्च भएको सो ग्रेडर हालसम्म ६ सय थान विक्री भइसकेको कार्यक्रममा बताइयो ।

    झापाका लागि आधिकारिक विक्रेता विवेक अटो मोवाइल्स प्रालिका मेनेजर अनिल श्रेष्ठले पार्टपुर्जा, सर्भिस र टेक्निसियन विर्तामोडकै शाखाले जतिसक्दो छिटो सेवा सुविधा उपलब्ध गराउने बताए । उनले न्यून मूल्यका कारण निर्माण व्यवसायीहरु यसतर्फ आकर्षित हुने उनले विश्वास व्यक्त गरेका छन् ।

    अटो मोवाइल्सका क्षेत्रीय प्रतिनिधि आशिष मैनालीका अनुसार जे ९० ग्रेडरका लागि दक्ष अपरेटरले खरिदकर्तालाई सेवा सुविधा दिने उद्देश्यले ५ दिन अपरेटिङका लागि प्रशिक्षण दिनेछन् ।

    सोही कार्यक्रममा सिद्धिराज कन्सट्रक्सन प्रालि मेचीनगरले झापामै पहिलोपटक जे ९० ग्रेडर बुकिङ गरेको छ । सो कन्सट्रक्सन प्रालिका विकास कोइराला, सुदीप सुवेदी र धनबहादुर तामाङ (प्रविन) ले ग्रेडर बुकिङ गरेको अटो मोवाइल्सका प्रतिनिधि तुलसी पोखरेलले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology