शिवसताक्षीमा एकदिने रक्त परिक्षण


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


  • झापा । झापाको शिवसताक्षी ४ स्थित बोलोचोक विकाश समितिको आयोजनामा शुक्रबार एक दिने निशुल्क रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    समितिका अध्यक्ष धमेन्द्र शाहको जन्मदिनको अवसर पारेर आयोजना गरिएको रक्त परिक्षणमा स्थानीय ३ सय बढी सर्वसाधारणको रक्त समुहको पहिचान गरिएको समितिका अध्यक्ष शाहले जानकारी दिनुभयो । जन्मदिनका अवसरमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा लगाउन प्रोत्साहन गर्ने उदेश्यले समिति नयाँ कार्यको थालनी गरेको शाहाले बताउनु भयो ।

    आगामी दिनमा समेत यो अभियानलाई निरन्तरता दिने समितिले जनाएको छ । कार्यक्रममा पाँचगाछी स्वास्थ्य चौकी र महाभार स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा कार्यक्रम सम्मपन्न भएको थियो । कार्यक्रममा पाँचगाछी स्वास्थ्य चौकीका प्रमुख श्यामप्रसाद मेहता, शिवसताक्षी ४ का वडा अध्यक्ष अधिकचन राजबंशी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पाँचगाछीका सभापति गिता सिटौला समेतको उपस्थिती रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology