पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • ताप्लेजुङ,६ भदौ । ताप्लेजुङमा आज शुक्रबार सम्पन्न चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरीको एलाभेन एरोज फुटबल क्लबले हात पारेको छ । झापाको रेडस्टार क्लबलाई ट्राईबे्रकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधि हात पारेको हो ।


    सुनसरीका लागि ट्राईबे्रकरमा रुपेश केसी, जीवन धामी, प्रिसो एप्स र उमेश कार्कीले गोल गरे । झापाका लागि भने पुजन उभरकोटी र निशान लिम्बूले गोल गरेका थिए । झापाका योगेश गुरुङ र विकास थुलुङले भने गोल गर्न सकेनन् । निर्धारित समयमा २-२ को बराबरी भए पछि ट्राईब्रेकरबाट निर्णय लिईएको थियो । दोश्रो हाफको १५ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । तर खेलको २९ औँ मिनेटमा सुनसरीले बराबरी गोल फर्कायो । डि एरियाबाट यानिक ओनाले प्रहार गरेको गोलले जाली चुम्यो । तर खेलको ४२ औँ मिनेटमा रेडस्टारका लागि मिलन राईले लोभ लाग्दो गोल गरे । अग्रता धेरै समय टिकेन ४९ औँ मिनेटमा सुनसरीका सुसन तामाङले सुन्दर गोल गरे ।

    प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सुनसरीका प्रवेश दनुवार घोषित भए । त्यस्तै बेष्ट डिफेन्स सुनसरीकै विष्णु सुनुवार, वेष्ट मिड फिल्ड झापाका योगेश गुरुङ, वेष्ट फर्वाड झापाका मिलन राई, वेष्ट कोच सुनसरीका विश्वबन्धु पोखरेल बने । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडीको उपाधी ताप्लेजुङ ११ का मनिराज लिम्बू र उच्च गोलकर्ता सुनसरीका यानिक ओना बने । पतियोगिताभर उनले ४ गोल गरेका थिए ।

    जीतसंगै सुनसरीले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको साविक विजेता झापा भने नगद १ लाख ५१ हजार १ सय ११ रुपैँयामा नै चित्त बुझाउन बाध्य भयो ।
    विजयी टिम तथा खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लगायतले पुरस्कार वितरण गरे ।
    साउन ३० देखि सुरु भएको प्रतियोगितामा भारतको एक सहित १० टिम सहभागि थिए ।

    लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रतियोगिता हुन थालेको हो । प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गर्दै जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले खेल आयोजना गरिएको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology