प्रहरीको घेरामा रहेका व्यक्ति असुरक्षित हुँदैन: एसपी मल्ल


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • चितवन | चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको जनाएको छ। पत्रकार सँग कुरा गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्।

    पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक्षित रहेको दावी गरेका थिए। उनले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए।

    रविको सुरक्षाबारे प्रहरी प्रमुख मल्लले भने ‘हिरासतमा उनी अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा छन्। उनीमाथि कुनै असुरक्षा र दबाब छैन’, उनले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, कसले के भन्यो? त्यो थाहा छैन, सबैको जवाफ दिइरहनु आवश्यक छैन। तर रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभइ हिरासतका सबै सुरक्षित छन्।’

    प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको सुरक्षामा जिल्ला प्रहरी कार्यालय अत्यन्त सचेत रहेको मल्लको भनाई छ। ‘प्रहरीको घेरामा रहेका व्यक्ति कसरी असुरक्षीत हुन्छ?’ मल्लले प्रति प्रश्न गर्दै भने, ‘अनुसन्धान भइरहेको छ, सुरक्षाबारे अनेक आशङ्का नगर्न सबैसँग आग्रह गर्दछु।’ उनले अनुसन्धान भइरहेको विषयमा बोल्दा संयमता अपनाउन पनि सबैसँग आग्रह गरे।

    रविले प्रहरीले चलाएको कदम आफुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण भएको दावी गरेका थिए। पहिलो पटक थपिएको ५ दिनको म्यादमा आफुले प्रहरीलाई अनुसन्धानमा सहयोग गरे पनि दोस्रो पटक म्याद थपीएपछि उनले आफुले प्रहरीबाटै असुरक्षित महसुस गरेको बताएका थिए। थाहा खवरबाट

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology