निजी क्षेत्र राज्यदेखि सधै अपहेलित :गोल्छा

सभाको उद्घाटनमा संघका अध्यक्ष ढकालले अध्यक्षसहित संघका प्रथम उपाध्यक्ष गोपाल गुरगाईले बार्षिक प्रतिवेदन र व्यवसायिक हित कोषका संयोजक युवराज घिमीरेले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सवै प्रतिवेदनमाथि वन्दसत्रले सुझाव सहित पारित गरिएको थियो ।


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • दमक,६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई राज्यले अपहेलना गरिआएको वताएका छन् ।  दमक उद्योग वाणिज्य सघंको २८ औ बार्षिक साधारणसभा तथा २९ औ स्थापना दिवसको अवसरमा शुक्रवार यहाँ आयोजना गरिएको विशेष कार्यक्रमको उद्घाटन गर्दे उनले नीजि क्षेत्रसँग राज्यले गर्ने व्यवहार अपमानजनक रहेको आरोप गुनासो राखे ।


    ‘राज्यले निजी क्षेत्रसँग सहकार्य गर्ने भनेर घोषणा गर्छ , तर त्यो कार्यान्वयन भने गर्दैन ।’ गोल्छाले भने , –‘ राज्य संयन्त्र सञ्चालन गर्ने ब्यक्तिहरुबाटै पनि निजी क्षेत्रलाई अझैसम्म बिश्वास गरिएको पाईदैन् । ’
    निजी क्षेत्रलाई बिश्वास गरिदाँ राज्य नागरिकको हित बिपरित गएको भन्ने बुझाईले गर्दा राज्यले नीजि क्षेत्रको विकासमा बोले जस्तो ब्यवहार गर्न नसकेको उनको तर्क छ ।
    उनले खुल्ला अर्थतन्त्र नीति भन्दै बित्तीय संस्थाले मनलाग्दी ब्याजदर बढाईरहेको भएपनि त्यसलाई नियमन गर्ने निकाय उदासीन हुदाँ सवैभन्दा बढी मार व्यवसायीले खेप्नु परेको वताए ।
    सुखी नेपाली समृद्ध नेपाल भनेर राज्यले लिएको अभियान निजी क्षेत्रसँग सहकार्य नगर्ने हो भने असम्भव रहने भन्दै उनले भने , ‘ राज्यले निजी क्षेत्रलाई संगै लिएर अघि बढे मात्र त्यसले मूर्त रुप लिने अवस्था बन्ने छ । ’
    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख रामप्रसाद पाठकले कर नै राज्य बिकासको प्रमुख आधार रहेकाले करका दायरबाट कोहि पनि भाग्न नहुने बताए ।
    दमक नगरपालिकाका कार्यबहाक नगर प्रमुख बोधराज न्यौपानेले निजी क्षेत्रसँग सहकार्य गर्न नगरपालिका सधै तयार रहेको उल्लेख गरे ।
    संघका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको उद्घाटन सभामा दमक उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष प्रकाश प्रसाईले वाणिज्य संघको वर्तमान समितिले दमकका व्यवसायीको हितमा बृहत्तर काम गर्न नसकेको गुनासो गरे ।
    त्यस्तै नेपाल भारत मैत्री समाजका केन्द्रीय सदस्य गणेश बस्नेतले वाणिज्य संघले इलम प्रशिक्षण केन्द्रको थप वृद्धिविकासमा ध्यान नदिदाँ प्रदेशकै ठुलो सम्पदाका रुपमा रहेको उक्त केन्द्र दिनानुदिन बेबारिसे हुदै गएकोमा चिन्ता व्यक्त गरे ।
    सभाको उद्घाटनमा संघका अध्यक्ष ढकालले अध्यक्षसहित संघका प्रथम उपाध्यक्ष गोपाल गुरगाईले बार्षिक प्रतिवेदन र व्यवसायिक हित कोषका संयोजक युवराज घिमीरेले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सवै प्रतिवेदनमाथि वन्दसत्रले सुझाव सहित पारित गरिएको थियो ।
                                      पत्रकार पराजुलीसहित दुई व्यवसायी सम्मानीत
    वाणिज्य संघले पत्रकारसहित अन्य दुई जना व्यवसायीलाई यसवर्ष पनि सम्मान गरेको छ ।  दमकको उद्योग,व्यवसायको क्षेत्रमा समाचार सम्प्रेषण गरि योगदान पुरयाँए वापत पत्रकार भूमिराज पराजुलीलाई नगद रु ११ हजार १ सय ११ सहित सम्मान गरेको हो । संघले आफनो बार्षिक साधारणसभामा बर्सेनी स्थानीय एक जना पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिआएको छ ।
    त्यसैगरि दमकमा लामो समयदेखि पुस्तक तथा स्टेशनरी ब्यवसायमा संलग्न भएका अग्रज व्यवसायी दुर्गाप्रसाद पौडेल र महिला उद्यमको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महिला उद्यमी मोर्डन ब्यूटि पार्लरका सञ्चालिका सरस्वती सुब्बालाई समेत सम्मान गरिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology