झापामा निर्माणाधीन नालीमा डुबेर एक महिलाको ज्यान गयाे

सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाउँदै उक्त सडकखण्ड केहीबेर बन्द गराएका थिए ।


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • झापा, ६ भदौ । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो ।

    महिला नालीमा कसरी डुबिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपछि स्थानीयले शुक्रवार बिहान प्रहरीलाई खबर गरेका थिए ।

    सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाउँदै उक्त सडकखण्ड केहीबेर बन्द गराएका थिए । राजु पौडेल/न्युज २४

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology