रवि लामिछानेको निःशर्त रिहाईको माग गर्दै झापामा वृहत प्रदर्शन


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • बिर्तामोड, भदौ ५ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा आज पनि वृहत प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली निकालेका हुन् ।

    झापाको बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त र्‍याली तथा कोणसभा गरेका छन् । सञ्चारकर्मी रवि लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन खबरदारी गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए ।

    उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर र्‍यालीमा उत्रिएका थिए । र्‍यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।

    न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढेको छ ।

    मंगलबार नेपाल कम्युनिष्ट पार्टी झापाले पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई यस्ता प्रर्दशनमा सहभागी नहुन विज्ञप्तीमार्फत् ह्वीप नै जारी गरेपनि झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा दैनिकजसो प्रदर्शन, र्‍याली र कोणसभा भइरहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology