झापाका चार वटा स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • झापा । कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर दुई नगरपालिका र दुई गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

    बिदा दिइएको नगरपालिकामा मेचीनगर नगरपालिका र गौरदह नगरपालिका रहेका छन् भने अन्य दुई गाउँपालिका गौरीगञ्ज गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    स्थानीय पर्वमा आफ्नो पालिकाभित्र स्थानीय बिदा दिने अधिकार कानुनले स्थानीय तहलाई नै दिएसँगै झापाका १५ वटा पालिकामध्ये चार वटाले सो अधिकार प्रयोग गरी बिदा दिएका हुन्।हिन्दुहरूको मुख्य पर्वमध्ये कृष्ण जन्माष्टमीका दिन स्थानीय बिदा दिने नगरपालिकाले निर्णय गरेको मेचीनगर नगरपालिका प्रमुखका स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए। नगरपालिकामा बुधबार भएको छलफलबाट बिदा दिने निर्णय गरेको उनको भनाई छ।

    त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा बिहीबार बसेको बोर्ड बैठकले कृष्ण जन्माष्टमीमा स्थानीय बिदा दिने निर्णय गरेको छ। सो बिदाका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सूचना प्रकाशन गर्दै जानकारी गराएको हो।त्यसैगरी, गौरादह नगरपालिकाले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सूचना प्रकाशन गर्दै बिदाको बारेमा जानकारी गराएको हो।त्यस्तै, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार कँडेलले सूचना प्रकाशन गर्दै स्थानीय बिदाको बारेमा जानकारी गराएका थिए।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology