बुद्धशान्ति गाउँपालिकामा कर्मचारिद्वारा अनियमितता : ३० रुपैयाँको क्यालेन्डर ८० को रसिद

१ लाख ५० हजार झ्वाम्म


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


  • बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमतोमा क्यालेण्डर भित्तेपात्रो छपाइमा अनियमितता भएको खुलेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो ।

    छापाखानाले प्रतिगोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाइ गरे पनि कर्मचारीले भने गाउँपालिका पुर्याउँदा त्यसको मूल्य ८० रुपैयाँ पुर्याएसँगै गाउँपालिकामा चरम अनियमितता हुने गरेको खुलेको हो । तर, यस विषयमा आफूलाई केही थाह नभएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

    उनले आफूलाई कति क्यालेन्डर छापिएको हो सोको समेत जानकारी नभएको बताए । उनले भने– गाउँपालिकाले क्यालेन्डर छाप्ने निर्णय गरेको हो तर कति छापियो त्यो मलाई थाहा भएन । क्यालेन्डर छाप्ने जिम्मा लेखा र स्टोरले लिएका थिए– अध्यक्ष भुजेल भन्छन्– कति र कसरी छापिएको हो मलाई केही थाहा छैन ।

    यसैबीच चारआलीमा रहेको एक छापाखानाका सञ्चालकले पूर्वाञ्चलकर्मीसँगको कुराकानीमा भने– बुद्धशान्ति गाउँपालिकाको क्यालेण्डर छाप्दा आफूले घाटा व्यहोरे पनि पनि बिल उनीहरुले मागे अनुसारकै दिएको छु । अरु–अरु पनि काम पाउने आशा थियो, छपाइको सबै काम मलाई दिने भने पनि कर्मचारीले आफू अनुकूल मात्रै गर्दा रहेछन् । त्यसपछि एउटा पनि काम दिएनन्– छापाखाना सञ्चालकले भने ।

    यसैबीच गाउँपालिकाका लेखा अधिकृत अनिल घिमिरेले क्यालेन्डर छपाइमा गाउँपालिकाले २ लाख ४० हजार रुपैयाँ खर्च गरेको बताएका छन् । उनले भने– गाउँपालिकाले प्रति क्यालेन्डर ८० रुपैयाँ लगानी गरेको छ । तीन हजार क्यालेन्डर छापिएको हो ।’

    २ लाख ४० हजार रुपैयाँको क्यालेन्डर छापिए पनि छापाखानाले ९० हजार रुपैयाँ मात्रै पाएको छ । कर्मचारीको मिलेमतोमा स–सानो कुरामा गाउँपालिकाभित्र चरम भ्रष्टाचार हुँदा समेत बुद्धशान्ति गाउँपालिका बेखबर छ । आफ्नै गाउँपालिकाले छापेको क्यालेन्डरको विषयमा जानकारी नराख्नुले अध्यक्षको समेत मिलेमतो भएको हुन सक्ने बताइएको छ ।

    यता गाउँपालिकाले छापाखाना सञ्चालकलाई दुई लाख ४० हजार रुपैयाँको एकाउन्ट पेई चेक प्रदान गरेपनि चेक साटिएपछि १ लाख ५० हजार रुपैयाँ कर्मचारीले नै लगेको श्रोतले जनाएको छ । ९० हजार रुपैयाँको क्यालेण्डर छाप्दा गाउँपालिकामा एक लाख ५० हजार रुपैयाँ भ्रष्टाचार भएको विषयमा गाउँपालिकाका कार्यकारी अधिकृत धनञ्जयकुमार साहले त्यसमा आफ्नो कुनै मिलेमतो नभएको बताएका छन् । क्यालेन्डर छपाइमा गाउँपालिकाले सबै काजगात मिलाएको उनको भनाइ छ ।

    यता गाउँपालिकाले अहिलेसम्म पनि आर्थिक वर्ष २०७६/०७७का लागि बजेट सार्वजनिक गर्न सकेको छैन ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology