इजरायलमा रहेका नेपालीहरुपनि रविको समर्थनमा एकजुट हुदै


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


  • इजरायल । सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने पक्राउ पश्चात देश भर यो चर्चाको विषय बनेको छ। चितवन जिल्लामा दिनहुँ रविको समर्थनमा प्रदर्शन भइरहेका छन् भने इजरायबाट पनि लामिछानेको समर्थनमा नेपालीहरुले आफ्ना आवाजहरु सामाजिक सञ्जालहरुमा छरपष्ट पार्दै आइरकहेका छन् ।

    यसै क्रममा इजरायलमा रहेका केहि नेपालीहरुले आपसी सल्लाहमा रवि लामिछानेको न्यायको पक्षमा भेला हुने निर्णय गरेका गर्दै इजरायलमा रहेका रवि लामिछानेका कामको प्रसंशक,समर्थक र न्यायको पक्षमा रहनु हुने सम्पूर्णलाई उपस्थितिको लागी फेसबुकमार्फत अनुरोध गरेका छन् ।

    सामाजिक अभियन्ता राम ढुंगानाले फेसवुक स्टाटस मार्फक एक सुचना सार्वनिक गर्दै भनेका छन् – “न्युज २४ बाट प्रसारण हुने चर्चित र लोकप्रिय कार्यक्रम #सिधा_कुरा_जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछानेलाई उनकै पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले केही दिनअघि पक्राउ गरेर हिरासातमा राखेको कुरा हामीहरु लगभग सबैलाई थाहै छ ।

    समाजका विकृती,विसंगती,बेथिती र भ्रष्टचार विरुद्ध खरो रुपमा आवाज उठाएका, अन्यायमा परेकाहरुलाई न्याय दिलाएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार लगायत थुप्रै अनुकरणीय काम गरेर हामी धेरैको मनमा बस्न सफल व्यक्ति हुन् रवि लामिछाने ।

    निमुखाहरुको आवाज बोल्दिने रवि लामिछानेलाई नियोजित तरिकाले उनले नगरेको गल्तीमा फसाऊन खोजेर उनको आवाज सधैंलाई बन्द गराऊने गम्भीर षडयन्त्र भईरहेको हामी अधिकाँशले महसूश गरेका छौं।

    हामी केहि साथीहरुले सल्लाह गरेर रविको न्यायको पक्षमा भेला हुने निर्णय गरेका छौं।इजरायलमा रहनु भएका रवि लामिछानेका कामको प्रसंशक,समर्थक र न्यायको पक्षमा रहनु हुने हजुरहरु सम्पूर्णलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं।”

    स्थान : तेलअभिव लेविन्स्की पार्क
    मिती : अगस्ट २३ तारिख शुक्रबार
    समय: साँझ ५ बजे

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology