युएईमा तीज सांस्कृतिक धमाका-२०१९ को तयारी पूरा

युएईका नेपालीहरु एलएनमा जम्मा भई भव्यताका साथमा तीज मनाउने ।


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


  • अलएन । मितेरी समाज युएईले आगामी ३० अगस्ट २०१९ शुक्रबारका दिन नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर नेपाली दिदीबहिनीहरुलाई तीजको शुभकामना आदान प्रदान गर्न आयोजना गरेको तीज सांस्कृतिक धमाका-२०१९ को तयारी पूरा भएको छ ।

    नजिकिदै गरेको तीजमा परदेशमा भएका चेलीलाई पनि माईतीको झल्को दिलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई रहेको छ ।

    कार्यक्रममा नेपालबाट लोकगायक राजु ढ़काल, सम्झना लमिछाने, फ़्यूज़न डान्स ग्रूप दुबई साथमा युएईमै रहेर लामो समयसम्म कलाकारितामा लागिरहेका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक दिब्या सुब्बाले जानकारी दिएकी छन् ।

    राष्ट्रीय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिबाट उपस्थित सम्पुर्ण दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्ने मितेरी समाज यूएईका अध्यक्ष प्रदीप पुन मगरले दाबी गरेका छन् ।

    अलऎनको लियाली बन्फ़सज हॉस्पिटैलिटीमा यहि ऑगस्ट ३० तारिक २०१९ शुक्रबारका दिन दिनको ठिक २ बजे शुरु हुने उक्त कार्यक्रममा उपस्थित भई दिनुहून सम्पूर्ण नेपाली दाज़ुभाई दिदीबहिनीहरूलाई आयोजकहरुले अनुरोध गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology