रविलाई छाड्न माग गर्दे दमकमा प्रर्दशन


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


  • दमक,४ भदौ । पत्रकार शालिकराम पूडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई छोड्नु पर्ने माग गर्दे दमकमा तीन दिन देखि प्रर्दशन हुदै आएको छ ।

    रविका शुभेच्छुकहरुको समूहले उनको स-सम्मान रिहाईको माग गर्दे दमकमा प्रर्दशन जारी राखेको हो । आज पनि त्यस समूहले नाराजुलुस गर्दे प्रर्दशन निकालेको छ । सहभागिहरुले रविलाई नछाडेसम्म विरोध प्रर्दशन जारी राख्ने जनाएका छन् ।

    दमक चौकबाट शुरु भएको प्रदर्शन पुनः दमकको गणतन्त्र चोक सम्म पुगेर समापन गरिएको थियो । प्रर्दशनमा सहभागीहरुले लामिछानेलाई रिहाई गरिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् ।कमलको केर्खा र गौरादहमा समेत रविलाई छोड्न दबाब दिदैं अपरान्ह प्रदर्शन भएको छ ।

    अनुसन्धानलाई प्रभावित नगर्न चेतावनी

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी झापाले आफ्ना पार्टी सदस्यहरुलाई अहिले चितवनमा भएको पत्रकार शालिकराम पूडासैनीको मृत्यु प्रकरण र सो घट्नाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका रवि लामिछानेको रिहाईको माग गर्दै भईरहेको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धानलाई प्रभावित पार्ने किसिमका गतिबिधीमा संलग्न नहुन नागरिक तथा आफ्ना पार्टी सदस्यहरुलाई सचेत गराएको छ ।

    पार्टीका तर्फबाट जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणि साम्पाङले ३ भदौमा विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालहरु मार्फत त्यसलाई सार्वजनिक गरेका हुन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology