इलाममा नयाँ पर्यटकीय गन्तब्य: स्वागत झरना

इलामको प्राकृतिक सौन्दर्य, सुर्याेदयको दृष्य अवलोकन, वाताबरण, कृषि उत्पादन, लोपोन्मखु तथा आदिवासी जनजातिका संस्कार संस्कृति र सुन्दर तथा मनमोहक पहाडका श्रृङखला इलामका आकर्षण हुन् ।


आयुष निरौला
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


  • आयुष निरौला

    इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रदेश नम्बर १मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा लिने गरिन्छ । इलामको बिभिन्न स्थानमा रहेका पर्यटकीय गन्तब्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्ैमास पर्यटक आउने गरेका छन् ।

    इलामको प्राकृतिक सौन्दर्य, सुर्याेदयको दृष्य अवलोकन, वाताबरण, कृषि उत्पादन, लोपोन्मखु तथा आदिवासी जनजातिका संस्कार संस्कृति र सुन्दर तथा मनमोहक पहाडका श्रृङखला इलामका आकर्षण हुन् । यसका अतिरिक्त इलाममा झरनाको सौन्दर्यता पनि थपिएको छ । इलामको रोङ गाउँपालिका ४ किटेनीमा झरना फेला परेसँगै इलाममा नयाँ पर्यटकीय गन्तब्य थपिएको हो । सो स्थानमा रहेको ‘स्वागत झरना’ को उचाई कति छ भन्ने हालसम्म नापजाँच भने भएको छैन । यद्यपी त्यसको उचाई १ सय मिटरभन्दा बढी भएको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङ्ग बताउँछन् ।

    त्यहाँ पुग्ने जो कोही पनि झरनाको सुन्दरतामा लोभिने गरेका छन् । चर्चित गायक तथा संगितकार समेत रहेका झापाको शिवसताक्षी नगरपालिकाका ताराविर पाण्डेले झापा नजिकै यति सुन्दर झरना रहेको आफुलाइ पहिलो पटक थाहा भएको टिप्पणी गरे । उनले यस्तो सुन्दर दृष्य म्युजिक भिडियो र चलचित्रमा उतार्न सके पर्यटनको प्रवद्र्धन हुने धारणा राखे ।

    झापाको बिर्तामोडबाट झरना भएको स्थानसम्म पुग्न खासै समय लाग्दैन । बिर्तामोडबाट सुगम मानिने रोङ गाउँपालिकामा रहेको सो झरना भएको स्थानमा पुग्न आधा घण्टाको समय लाग्छ । मेची राजमार्गबाट झापाको बुद्दशान्ती गाउपालिका र इलामको रोङ गाउपालिकाको सङ्गम स्थल रहेको जोर कलसबाट दुइ मिनेटको यात्रापछि किटेनी पुगिन्छ । किटेनीबाट १० मिनेट पैदल यात्रापछि झरना भएको स्थानमा प्ुगिन्छ । झरना पुर्ण रुपमा प्राकृतिक रहेको सोही स्थानमा भेटिएका अर्का पर्यटक तथा मोड्ल मधु न्यौपानेले बताए ।

    ‘प्राकृतिक मात्र होइन, सौन्दर्यको हिसाबमा पनि किटेनी झरना आकर्षक छ, अर्का पर्यटक दिलीप पौडेलले भने–‘यसको संरक्षण र प्रचार प्रसार गर्न सके हजारौ पर्यटक यहाँ आउँछन् ।’ बिषेशगरी झापाको प्रचण्ड गर्मी छल्न जाने पर्यटकको पहिलो रोजाई सो झरना हुने उनको टिप्पणी थियो । सप्तरंगी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडे जस्तै गरी माथि बाट बेगले तल झरेको देखिन्छ । वाटोमा सामान्य पाटी पौवा र नास्ता खानका लागि होटलको सुविधा रहेको छ ।

    पर्यटकहरु आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको छ । ढुङगा खसेर दुर्घटना नहोस भनेर गाँउपालिकाले पानी छान्ने जाली राख्न लागेको प्रवक्ता तामाङ्गले बताए । उनले पर्यटकलाई सहजताको लागि सिंढीको ब्यवस्था गर्ने, सेल्फी जोन निर्माण गर्ने, गोलघरसम्म यातायात र त्यहाँदेखि पैदलमार्ग बनाउने लगायतको काम यसबर्ष गर्ने योजना रहेको बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology