झापा स्पोर्टस् अवार्ड असोज दोस्रो साता


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


  • बिर्तामोड, भदौ १ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    मञ्च अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न बैठकले सो जिम्मेवारी दिने निर्णय गरेको हो । समितिले पूर्णता पाएपछि आगामी बैठकमा अवार्डको मिति तय गरिने सचिव अर्जुन राजवंशीले जानकारी दिए ।
    बैठकले मञ्चको सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश समदर्शी, साधारण सदस्यहरु इन्द्रजीत मुखिया, तीर्थ सिग्देल, विशाल नेम्वाङ र कुमार भट्टराईलाई चयन गरेको छ । साथै, अधिवेशन र फोटो पत्रकारिता तालिममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को उपाध्यक्षमा निर्वाचित मञ्चकी सहसचिव भूमिका सुब्बालाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।
    मञ्चले विगत दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । एनएसजेएफ झापाले गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको अध्यक्ष खरेलले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology