चुलाचुली बोर्डिङ्गमा उत्प्रेरणा कार्यक्रम


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


  • दमक,१ भदौ । दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ सेकन्डरी स्कूलमा आज ‘विद्यार्थीसंग कवि र कलाकारको सहभागितामा उत्प्रेरणा कार्यक्रम गरिएको छ । स्कुलको आफनै सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा कक्षा ८ ,९ र १० का दुई सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।


    कार्यक्रममा वरिष्ठ लोकगायक एलपी जोशी र युवा कवि र सामाजिक अभियन्ता धनकुटे कान्छाले उत्प्रेरणा प्रदान गरेका हुन् ।
    सहजकर्ताले सृजनात्मक सोंचाई, सृजनात्मक लेखन, उत्प्रेरणा र व्यक्तित्व विकास सम्बन्धि सिकाई अनुभव प्रदान गरेका थिए ।
    कार्यक्रममा कवि धनकुटे कान्छाले विभिन्न चराहरुका आवाज निकालेर मनोरञ्जन प्रदान गरेका थिए भने गायक जोशीले आफ्नो चर्चित लोकगीतहरु गाएर विद्यार्थीहरुलाई थप हौसल्लासहित मनोरञ्जन प्रदान गरेका थिए । बिद्यालयका संस्थापक निर्देशक मनोज राईको अध्यक्षता सम्पन भएको सो कार्यक्रमले विद्यार्थीहरुको सकरात्मक सोचाईमा सहयोग पुग्ने प्रिन्सीपल चन्द्रप्रकाश राईले बताएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology