दमकबाट विप्लवका पाँच नेता कार्यकर्ता पक्राउ


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


  • दमक,१ भदौ । झापाको दमकबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका उच्चस्तरका पाँच जना नेता कार्यकर्ताहरु पक्राउ परेका छन् ।  यसरी पक्राउ पर्नेमा पूर्वी पहाडी जिल्ला पाँचथर र इलामका इञ्जार्ज तथा सेक्रेटरी तहका नेताहरु रहेका छन् । दमकको पश्चिमबस स्टेण्डस्थित एक होटलमा आएर बसे लगत्तै शनिवार राती पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका सबै नेता कार्यकर्ताहरुको बारेमा विस्तृत खोज तथा अनुसन्धान भईरहेको छ । जिल्ला प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले पक्राउ परेकाहरुको बारेमा विस्तृत अनुसन्धान भईरहेकाले तत्कालै उनीहरुको परिचय नखुलाईने बताए ।

    प्रहरीले जिल्लाका विभिन्न स्थानमा भएका विष्फोटका घटनामा विप्लव कार्यकर्ताहरुको संलग्नता रहेको भन्दै त्यस पार्टीका नेता,कार्यकर्ताहरुको खोजतलास तीव्र वनाएको छ ।
    पार्टी सम्बद्ध अखिल क्रान्तिकारीका मेची कोशी ब्यूरो संयोजक तथा अन्य विद्यार्थी, नेता कार्यकर्ताहरुलाई पक्राउ लगत्तै विर्तामोडतर्फ लगिएको प्रहरी स्रोतले जनाएको छ । केहि दिन अघि समेत दमकको बेलडाँगीबाट सो पार्टी सम्बद्ध विद्यार्थी संगठनका दुई कार्यकर्ता समेत पक्राउ परेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology