यूएनएचसीआरको दमक उपशाखा बन्द हुने


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


  • दमक, १ भदौ । राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालय (यूएनएचसीआर ) को झापाको दमकस्थित उपशाखा कार्यालय वन्द हुनेभएको छ । भुटानी शरणार्थीको रेखदेखमा संलग्न निकाय दमकमा २७ वर्षअघि स्थापना भएको थियो ।

     


    यूएनएचसीआरले सन् २०२० को अन्त्यसँगै बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइका एक अधिकारीले जानकारी दिएका छन् । त्यसपछि भुटानी शरणार्थीको विषयमा नेपाल सरकारमात्र उत्तरदायी हुनेछ । तथापि त्यस सम्बन्धी सरकारको आधिकारिक धारणा आईसकेको छैन् ।
    झापाको पूर्वी नाका काकड्भिटाबाटो हुदै नेपाली मूलका भुटानीहरु भुटानबाट नेपालमा खेदिएपछि त्तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगलाई पत्र लेखेपछि उक्त निकायले भूटानी शरणार्थी सहायताको काम थालेको थियो ।
    आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको दमकस्थित यूएनएचसीआरको उपशाखाले जनाएको छ ।
    यूएनएचसीआरले दमकमा उपशाखा कार्यालय छोड्ने तयारी स्वरूप शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि धमाधम बनाउदै गएको छ ।
    यूएनएचसीआरले मोरङको शनिश्चरे शिविरमा सन् २०१८ मा त्यस्ता ५६५ वटा र दमकको वेलडाँगी शिविरमा सन् २०१९ भरिमा ६७५ वटा त्यस्ता छाप्रा बनाइने गरि काम थालिएको यूएनएचसीआर स्रोतले बताएको छ ।
    पुनर्वासमा तेस्रो देश लैजाने क्रम सन् २०१८ को डिसेम्बरमा बन्द भएपछि हाल दुवै शरणार्थी शिविरमा रहेका ६ हजार ५०० भूटानी शरणार्थी छन् । शिविरमा बाकी रहेका भुटानी शरणार्थीको बसाइ केही लम्बिने भएपछि यूएनएचसीआरले उनीहरूका लागि अर्धस्थायी प्रकृतिका छाप्रा बनाउन थालेको वताईएको छ ।
    शिविरका एकलाख १३ हजार ५०० शरणार्थी विभिन्न आठ मुलुकमा पूर्नावास भईसकेका छन् । भूटानीहरु अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड, नर्बे, न्यूजिल्याण्ड, डेनमार्क र बेलायतमा पुनर्वास भएका हुन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology