दउवासंघमा ढकालनै अध्यक्षको उम्मेदवार

अध्यक्षका दुई जना आकांक्षीवीच सहमति जुटेपछि ढकाल उम्मेदवार वन्ने वाटो खुलेको हो । ढकालसंगै संघका वर्तमान वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले तीव्र आकांक्षी थिए । खतिवडाले आफनो दावी फिर्ता लिएपछि अध्यक्षमा ढकाल उम्मेदवार वन्ने पक्कापक्की भएको हो ।


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६


  • दमक, ३२ साउन । दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सत्तारुढ नेकपाका व्यवसायीले उम्मेदवार टुंगो लगाएको छ । शुक्रवार उम्मेदवार टुंगो लगाएसंगै आगामी भदौ ७ गते उम्मेदवार सार्वजनिक गर्ने भएका छन् ।
    स्रोतका अनुसार अध्यक्षमा संघका वर्तमान अध्यक्ष राजेन्द्र ढकाललाई उम्मेदवार वनाउने भएको छ । अध्यक्षका दुई जना आकांक्षीवीच सहमति जुटेपछि ढकाल उम्मेदवार वन्ने वाटो खुलेको हो । ढकालसंगै संघका वर्तमान वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले तीव्र आकांक्षी थिए । खतिवडाले आफनो दावी फिर्ता लिएपछि अध्यक्षमा ढकाल उम्मेदवार वन्ने पक्कापक्की भएको हो ।


    उम्मेदवार चयन गर्न आकांक्षीहरु धेरैभएपछि पार्टीलाई समेत सकस परेको थियो ।स्रोतका अनुसार सहमति जुटेपछि आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्षमा टिका प्रसाई , द्धितीय उपाध्यक्षमा ज्ञाननाथ (ज्ञानु) पौडेल र तृतीय उपाध्यक्षमा राजन दंगाल उम्मेदवार वन्ने टुंगो लागेको छ । तथापि प्रसाई र दंगालको उम्मेदवारमा भने विकल्पमा अन्य उम्मेदवार आउन सक्ने स्रोतको भनाई छ ।
    दुई महिला सदस्यमा विन्दु सिटौला, जमुना अधिकारी , छ खुल्ला सदस्यतर्फ रमेश लुइटेल,भरत चम्लागाई, पदम न्यौपाने, असिम राई लगायत रहेका छन् ।
    संघको २१ सदस्यीय समितिमा वस्तुगततर्फ ५ जना र तीन सदस्यीय लेखा समिति निर्वाचित हुने जनाईएको छ ।
    यता लोकतान्त्रिक व्यवसायीहरुले भने संघका पूर्व प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठलाई उम्मेदवार वनाउने यसअघि निर्णय गरिसकेको छ । श्रेष्ठ वाणिज्य संघका अध्यक्ष ढकालसंग अघिल्लो निर्वाचनमा प्रतिष्पर्धी थिए ।
    नेकपा विरुद्ध नेपाली कांग्रेस, समाजवादी नेपाल,राप्रपा, संघीय लिम्बुवान पार्टी निकटका व्यवसायीहरुले भने संयुक्त गठबन्धन गरि निर्वाचनमा जाने भएका हुन् । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा सुरज आचार्य ,प्रथम उपाध्यक्ष राजु खड्का,द्धितीय उपाध्यक्षमा राजकुमार योङ्गया र तृतीय उपाध्यक्ष रमा लिम्बु उम्मेदवार वन्ने छन् । संघका कार्यसमिति सदस्य खड्का समाजवादी , योङ्गया राप्रपाको गठबन्धनबाट उम्मेदवार भएका हुन् । त्यसमध्ये पूर्व कार्यसमिति सदस्य युवा व्यवसायी आचार्य यमाहा शोरुमका सञ्चालक हुन् भने हालकी कार्यसमिति सदस्य लिम्बु पदाधिकारीमा हालसम्मकै प्रथम महिला उम्मेदवार हुन् । नेकपाका व्यवसायीले उम्मेदवार घोषणा गरेलगत्तै लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवार सार्वजनिक गर्ने जनाएका छन् ।
    संघको यहि भदौ ६ गते हुने २८औं वार्षिक साधारण सभा र २९ औं स्थापना दिवस हुदै छ । त्यस साधारणसभाले निर्वाचनको मिति तय गर्ने जनाईएको छ ।निर्वाचन भदौ २१ गते हुने लगभग निश्चित छ । यसपटक संघमा करिव २७ सय व्यवसायीले मतदानमा भाग लिने छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology