कचनकवलका विद्यालयमा तालाबन्दी


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६


  • विर्तामोड,३१ साउन । झापाको कचनकवल गाँउपालिकाले निर्धारण गरेको शिक्षा नीति गलत भएको भन्दै आज संयुक्त विद्यार्थी संगठनले गाँउपालिका भित्रका कक्षा ११ र १२ पढाई हुने विद्यालयका लेखा शाखामा तालाबन्दी गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन् ।

    गाँउपालिकाले यसै शैक्षिक सत्रबाट लागु हुन ेगरि अबलम्बन गर्न लागेको १ विद्यालय १ संकायको नीति गलत भएको भन्दै विद्यार्थी संगठनहरुले आज चरणबद्ध आन्दोलनको घोषणा सहितको ज्ञापनपत्र बुझाएको हो ।
    संयुक्त बिद्यार्थी संगठनले केहि दिन अघिदेखी नै गाँउपालिकाको शिक्षा शाखामा सो निर्णयलाई फिर्ता लिन बारम्बर माग गर्र्दै यस अघि पनि ज्ञापन पत्र बुझाएका थिए । तर स्थानीय सरकारले विद्यार्थीहरुको मागलाई वेवास्था गरि अघि बढ्न खोजेपछि विद्यार्थी संगठनहरुले आज फेरि आन्दोलनका कार्यक्रम सहित ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघ झापाका सचिब नारायण नेपालले जानकारी दिए ।
    अनेरास्ववियूका झापा जिल्ला सचिब रोशन मोक्तान, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विक र नेपाल विद्यार्थी संघका झापा सचिब नारायण नेपालद्धारा हस्ताक्षरित विज्ञप्तीमा चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार आज गाँउपालिका भित्रका कक्षा ११ र १२ अध्यापन हुने विद्यालयका लेखा शाखामा तालाबन्दि गर्नुका साथै ज्ञापन पत्र बुझाएका छन् ।
    यसैगरि भदौ १ गते गाँउपालिकामा विद्यार्थीको धर्ना, भदौ २ गते गाउपालिकाका सवै माध्यमिक विद्यालयहरुका प्रशासन कक्षमा तालाबन्दि तथा जनप्रतिनिधिलाई प्रबेश निषेधगर्ने, भदौ ३ गते गाँउपालिकाको शिक्षा शाखामा तालाबन्दि गर्ने, र भदौ ४ गते कचनकवल गाँउपालिकाका सवै शैक्षिक संस्थामा आम हड्तालगर्ने कार्यक्रम रहेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology