बम बिष्फोट गराएको आशंकामा पक्राउ


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६


  • विर्तामोड,३१ साउन । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्वरको संयुक्त वडा कार्यालयमा बम बिष्फोट गराएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार अर्जुनधारा नगरपालिका–३ निवासी ५० वर्षीय प्रेम चापागाँई विष्फोटको आरोपमा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष टोलीले पक्राउ गरेको बताइएको छ ।

    पक्राउ परेका चापागाँई नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्द विप्लव समूहका भएको बताइएको छ । वडा कार्यालयमा अज्ञात समूहले गत साउन २७ गते राति बम बिष्फोट गराएको थियो ।

    बिप्लव समूहले भारतीयलाई नागरिकता बेचेको आरोप लगाउँदै वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई कार्वाही स्वरुप बम विस्फोट गरेको दावी गरेको थियो ।

    योसँगै जिल्ला प्रहरी कार्यालय झापाले विप्लव समूहका हालसम्म १८ जना नेता तथा कार्यकता पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेठले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology