फोनिज प्रदेश अध्यक्षमा जम्नेली निर्वाचित

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • उदयपुर, ३१ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश १ को अध्यक्षमा अर्जुन जम्नेली  निर्वाचित भएका छन् । उदयपुरमा शुक्रबार सम्पन्न फोनिजको प्रथम ऐतिहासिक प्रादेशिक महाधिवेनबाट जम्नेली निर्वाचित भएका हुन् ।महाधिवेशनले जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।


    समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक निर्वाचित भएका छन् । महासचिवमा विदुर खवास,संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुसन राई निर्वाचित भए ।
    सदस्यहरुमा बीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन चुनिएका छन् । महिला सदस्यहरुमा साहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ निर्वाचित भएका छन् । त्यस्तै संस्थागत सदस्यहरुमा नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ निर्वाचित भए भने अल्पसंख्यक सदस्यमा विजय धिमाल निर्वाचित भए ।
    लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरुमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् ।
    तीन दिनसम्म चलेको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाका १ सय २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । महाधिवेशनले १९ बुँदे उदयपुर घोषणापत्र जारी गरेको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology