साधना शाकोसको ८ औ साधारणसभा सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • दमक ३१, साउन । दमक ६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाले आफनो ८ औं बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारणसभामा उत्कृष्ठ १६ बचतकर्तासहित ज्येष्ठ शेयर, एसईईमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई सामूहिक रुपमा सम्मान गरेको छ ।


    यसरी उत्कृष्ठ बचतकर्ताको सम्मान पाउनेहरुमा रामबहादुर श्रेष्ठ, उर्मिला श्रेष्ठ,गोमा भट्टराई, लेखनाथ दुलाल, मातृका पौडेल, भक्तवहादुर वस्नेत,मुना पौडेल आचार्य लगायत रहेका छन् । यस्तै सोम पौडेल,मुकुन्द उप्रेत्री,यूरज खोजु,मनिन्द्र मजुमदार,सरस्वती वराल,आरोहि श्रेष्ठ र रहिस्मा श्रेष्ठलाई समेत सम्मान गरियो ।
    त्यसैगरि, संस्थामा आवद्ध ज्येष्ठहरु मध्ये बोधराज तिम्सीना र टिकादत्त भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका परिवार सदस्यबाट एसईईमा उत्कृष्ठ अंक ल्याउने नीजितर्फ एलेक्सी तुम्बापो र आदित्य दाहाललाई नगदसहित पुरस्कृत गरिएको सचिव सन्तोष पौडेलले जानकार िदिए ।
    दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यता उद्घाटनमा संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि वडाध्यक्ष थापा, जिल्ला सहकारी संघका सदस्य प्रेम कोइराला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल , संस्थाका पूर्व अध्यक्ष गोपाल गुरागाई लगायतका वक्ताहरुले सहकारीको महत्वका बारेमा चर्चा गरेका थिए ।
    त्यस्तै ,सभाको वन्द सत्रमा लेखा समितिका तर्फवाट संयोजक मातृका पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वन्दसत्रले अध्यक्षको प्रतिवेदन र लेखा संयोजकको प्रतिवेदन आवश्यक सुझावसहित पारित गरिएको थियो ।
    २सय ५६ जना शेयर सदस्य रहेको सो संस्थाको हालसम्मको कुल शेयर पूंजी १ करोड २० लाख ९५ हजार ७ सय पुगेको छ । संस्थाले गएको वर्ष ४ करोड ६८ लाख २४ हजार २९ रुपैया निक्षेप र ५ करोड ४० लाख ६० हजार ९० रुपैया ऋण लगानी गरेको व्यवस्थापक व्यवस्थापक विनोद कुमार मिश्रले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology