छुटाछुटै घटनामा परेर तीनको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • झापा, ३० साउन । झापाको मेचीनगर नगरपालिकास्थित पूर्वका विभिन्न स्थानमा घटनामा परेर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मेचीनगर ९ मागुरवाडीका ६० बर्षीय गंगा थपलियाको करेन्ट लागेर मृत्यु भएको छ ।

    आज बिहान ७ बजेको समयमा आफ्नै घर पछाडी बारीमा हात्तीबाट जोगिन जोडेको बिजुलिको नाङगो तारबाट करेन्ट लाग्दा थपलियाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
    यसैगरि सुनसरीको दुहवी नगरपालिका १ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
    यस्तै, भीरबाट लडेर ओखलढुङगाको खिजिदेम्बा ४ बस्ने ३६ बर्षीया बालकुमारी बिकको मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा घरबाट खिजिदेम्बा २ दिदिको घर जाँदै गरेको अवस्थामा बाटोमा रहेको भीरबाट लडेर बिकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology