दारी ग्याङ झापाले रक्तदान कार्यक्रम गर्दै हाम्रो दमककर्मी सहित ३ जनालाई गर्यो सम्मान

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • बुधबारे । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले तीन पत्रकारलाई सम्मान गरेको छ । बुद्धशान्तिमा बुधबार आयोजित रक्तदान कार्यक्रमको अवसरमा स्थानीय तीनजना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

    ग्रामिण क्षेत्रमा रहेर कलम चलाएको भन्दै संचारकर्मी तीर्थ तिम्सिना, रोसन भट्टराई र हाम्रो दमककर्मी आयुस निरौलालाई सम्मान गरिएको हो । उनीहरुलाई बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले सम्मान पत्र तथा दोसल्लाले सम्मान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाईटी बिर्तामोड झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत संकलन भएको थियो ।

    दारी ग्याङ झापाका सदस्य सन्दिप प्रसाईले स्वागत तथा ग्याङका उपसंयोजक गोकुल पौडेलले संचालन गरेको कार्यक्रममा सामाजिक व्यक्तित्व मनोरथ तिवारी ,प्रमुख अतिथि भुजेल लगायतले मन्तव्य राखेका थिए ।

    दारी ग्याङ झापाको वार्षिक कार्यक्रम अन्तरगत रहेको रक्तदान कार्यक्रम गरिएको दारी ग्याङले जनाएको छ । यो सँगै दारी ग्याङले तीन पटक रक्तदानको कार्यक्रम आयोजना गरिसकेको छ । त्यस्तै यस ग्याङले सामाजिक संस्थाको रुपमा परिचित हुँदै मानविय सेवामा समर्पित रहँदै काम गर्दै आएको छ ।

    दारी ग्याङ झापाको सह–संयोजक भुवन बुढाथोकीको अध्यक्षतामा तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्र्रेती, बुद्धआदर्श माविका अध्यक्ष मनोरथ तिवारी, उद्योग बाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाई, स्थानीय समाजसेवी संजील प्रसाई, मदन प्रसाई, राजु उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology