प्रतिष्ठानका कर्मचारी तामाङद्धारा जागिरवाट अवकाश

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • धरान, २९ साउन  धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् ।

    अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प्रतिष्ठानमा लामो समयदेखि अनवरत रुपमा इमान्दारीपूर्वक विभिन्न पदीय जिम्मेवारीहरु वहन गर्नुका साथै पेशागत संगठनको समेत नेतृत्व गर्दै प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, अध्ययनरत विद्यार्थी र विरामी वर्गहरुको हीतमा तामाङले गरेको योगदानलाई प्रतिष्ठान परिवारले सदा स्मरण गरिरहने भन्दै राजनीतिक एवम् सामाजिक जीवनको पूर्ण सफलताका लागि शुभकामना दिएका छन् ।

    तामाङले चौविसै घण्टा धरान र धरानवासीको सेवामा आफुलाई समर्पण गर्न धराने जनताको इच्छा र भावनाको कदर गर्दै जागिर छोडेर धराने जनतासामु आएको बताए । उनले नेपाली कांग्रेस पार्टीमा मेयर पदका लागि आफु सशक्त दावेदार रहेको जनाउंदै उम्मेदवारी र निर्वाचनको तयारीका लागि वेलैमा जागिरवाट अवकाश लिएको समेत बताए । धरानमा कुशल, योग्य र सक्षम साझा नेताको खोजी भईरहेको अवस्थामा आफुले धरानमा भ्रष्टार विरोधी, विकासप्रेमी, जनपक्षीय, गतिशील र लोकप्रिय यूवा नेताको छवि बनाउन सफल भएको बताउंदै धरानको राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो पूर्णकालीन आगमनले धरानवासीमा सकरात्मक सन्देश जाने उनले दावी गरे ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology