Face of the Week [दिवस राई] ब्यवसाय सगै सामाजीक काममा अब्बल दिवस

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • यतिखेर दमकका सफल ब्यापारी र सामाजिक अभियान्ताको नाम लिनु पर्यो भने प्राय सबैले लिने नाम हो दिवस राई । उनको बुबा युकेको सेना जागिरे थिए त्यसै बेला दिवसको जन्म भएको हो । बुबा बुद्धि बहादुर राई र आमा हर्कमाया राईको को कोखबाट दिवस सानै उमेर देखिनै चलाख स्वाभावका थिए। उनको प्रारम्भिक शिक्षा युके र हङकङमा भएको हो दिवस ४ कक्षामा आफनै देश फर्केर आए उनले कक्षा ८ सम्म काठमाडौमा अध्ययन गरे त्यस पछि दिवस दमक आए र दमकको चुलाचुली मा बि बाट एस एस सि उत्रिण गरेका उनको उच्च शिक्षा भारतमा भयो उनले सुरुमा विज्ञान लिएर पढे पछी ब्याचलर देखी म्यानेजमेन्टबाट मास्टर्स सम्मको अध्यन गरे ।

    मास्टर्स सकेपछि उनी नेपाल फर्किए र काठमाण्डौमा बसे काठमाण्डौ बसिरहदा उनलाई व्यापार गर्न मन लाग्यो बुवा को सेनाको जागीर नजिकबाट नियोलेका उनी जागीर न खाने तर अरुलाई दिने सोचमा थिए । उनले केही साथिहरु संग सल्लाह गर्न थाले समूह बन्यो उनले साझेदारीमा सफ्टोयरको व्यापार गर्न थाले एक त उनी म्यानेजमेन्ट का बिध्यार्थी आई टी को ब्यापार, साथिहरुको असहयोग को कारण उनी सफल हुन सकेनन र आफ्नी जीवन सङ्गीनी संग सल्लाह गरेर दमक आउने निर्णय गरे दमकमा उनको बाबाको केही पुर्खेउलि सम्पत्ति थियो ।

    उनी दमक आए र जेनेरेटर को व्यापार सुरु गरे यसमा उनी बिस्तारै सफल हुदै गए, अब सुरुभयो दिवसको यात्रा

    उनी जेनेरेटर को ब्याबसायमा सफल भएपछि भेडोल लुब्रीकेटको ब्यापार सुरु गरे यी दुइ ब्यापार चल्दै थियो उनलाई होटल खोल्न मन लाग्यो र उनले दमकमा मम हव नामक होटल खोले पछील्लो पुस्ताको प्रिय खाजा लाई भिन्न भिन्न स्वादमा उपलब्ध गराएका कारण पनि उनी यो ब्यवसामा सफल भए।त्यसपछी खानपानको बिषयमा थप ज्ञान लिएर व्यावसायलाई थप गर्दै उनले थकाली किचन एण्ड बार नाम दिएर अर्को होटल खोले । यसमा पनि उनि सफलनै मानिएका छन् ।

    व्यवसायमा मात्र हैन दिवस सामाजिक कार्यमा झनै सक्रिय छन उनी सहितको एक समुहले दमकमा स्वास्थ नै धन हो भनेर दमक रन समुहको सुरुवात गरे हाल उनी दमक रन समुहको अध्यक्ष समेत रहेका छन । त्यस्तै उनी दमक लखनपुर भेट्रान्स क्लबमा रहेर सक्रिय सामाजिक कार्य गरी रहेका छन् ।

    दिवस दमकमा रहेको लायन्स क्लब अफ दमक बिग बुद्ध को २०१९-२० को पनि अध्यक्ष हुन भने दमकको हाम्रो सचेतना समृद्धी बहुउधेश्य सहकारी संस्थाको समेत अध्यक्ष रहेर काम गरिरहेका छन । उनी आफू पनि बाचौ र अरुलाई पनि बचाउ भन्ने उदेश्य राख्छन उनले ऐले करिव ५० जनालाई प्रत्यक्ष रोजगारि पनि दिएका छन दिवस भन्छन । जिन्दगी भनेको निरन्तर गलिरहने घडि हो त्यसैले राम्रो काम गरेर बिताउनु पर्छ ।दिवस कसैको दुख देख्न पनि सक्दैनन आफू सग आउनेलाई जे भएपनि दिएर पठाउछन। ४२ बर्षिय दिवस कुनै पनि राजनीति दलको सदस्य छैनन उनी भन्छन मेरो राजनीति प्रति सद्भाव छ तर समर्थन हैन दिवस बाँकि जीवन व्यवसाय संगै सामाजिक कार्य गरेर बिताउने योजनामा छन । उनी यो सफलतामा आउन उनको जीवन साथि सकुन राई को ठूलो भुमिका छ ।

    एक सन्तानका पिता दिवस भन्छन उनी नभएको भए म यो ठाउँ सम्म आउनै सक्दिन थिए । राईले नेपाल बाहेक भारत बङ्लादेश लगायत १० भन्दा बढि देशको भ्रमण समेत गरिसकेका छन।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology