हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप असोज ११ गतेदेखि हुदैँ

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • बिर्तामोड । झापाको बिर्तामोडमा जायोन स्पोर्टस् क्लबले आयोजना गर्ने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ असोज ११ गतेदेखि सञ्चालन हुने भएको छ ।

    १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ मा नेपालका ए डिभिजन क्लब सहित विदेशी टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । क्लबले दुई विदेशी टिम र चार वटा ए डिभिजन क्लबसहित आठ वटा टिम गोल्डकपमा सहभागी हुने मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । आयोजकका प्रवक्ता अविनाश राईले प्रदेश १ मै प्रतिष्ठित गोल्डकपको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए ।

    प्रतियोगितामा २ विदेशी टोली रहने भनिए पनि बंगलादेशसँग पनि सहभागिताका लागि कुरा भइरहेको उनको भनाइ छ ।बंगलादेशको सहभागिता नभएको खण्डमा नेपालका पाँच वटा ए डिभिजन क्लबको सहभागिता रहने आयोजकको भनाइ छ । आयोजकका तर्फबाट एउटा टिम रहने पनि आयोजकले जानकारी दिएको छ ।

    विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताको उपविजेतालाई छ लाख २५ हजारसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने भएको छ ।गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि खर्चको लगभग ९० प्रतिशत जम्मा भइसकेको पनि आयोजकले जनाएको छ।

    यसैबिच पत्रकार सम्मेलनमा गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ब्राण्ड एम्बासेडर नियुक्त गरिएको छ । कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रशिक्षक खड्काले प्रतियोगितामा ब्राण्ड एम्बासेडर राखेको सम्भवतः पहिलोपटक भएको बताए । ‘नेपालमै पहिलोपटक हुन सक्छ, यस्ता कार्यले अन्य फुटबल प्रतियोगिता आयोजकलाई एम्बासेडर राख्न सहयोग पुग्छ’, उनले भने ।सम्झौतामा आयोजकले २ लाख रुपैयाँ दिने सहमति भएको प्रशिक्षक खड्काले जानकारी दिए । सोही समयमा उनले आफूले पाउने रकमबाट एक लाख रुपैयाँ आयोजकलाई सहयोग प्रदान गर्ने घोषणा गरे । ‘यो रकम अलिक धेरै नै भयो, आयोजकलाई अन्याय हुन्छ त्यसैले आधा रकम सहयोग गरेको हुँ ।’ गोल्डकप सफल पार्नका लागि उनले सबैमा सहयोगको आह्वान पनि गरेका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology