दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री, डाेलेलाई सोलार

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवस तथा बकर ईदको अबसर पारेर बिर्तामोडका दुई वटा बालक्लवले दृश्टिबिहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । बिर्तामोडका सृजनशिल एकता बालक्लब र उज्यालो मनकामना बाल क्लवले संयुक्त रुपमा वडा न ९ मा रहेको दुर्गा माध्यमिक बिद्यालयमा अध्यनरत दृष्टीबिहिन बिधार्थीहरुलाई ब्रेल पेपर तथा फलफुल प्रदान गरेका हुन ।

    दुर्गा मा. बि. का प्रधानअध्यापक कृष्ण प्रसाद पाठक र मनकामना स्कुलका प्रधानाध्यापक केशव ढुङ्गाना,अबिरल कृष्ण खरेलले स्थानीय युवा तथा बालबालिकाहरुको उपस्थितिमा सो सामाग्री दृश्टिबिहिन बालबालिकाहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

    बिर्तामोड ८ र ९ मा रहेको दुर्गा बालक्बल र उज्यालो दुर्गा क्लबको ब्यबस्थापन रहेको कार्यक्रममा उज्यालो मनकामना बालक्लवकी अध्यक्ष दिक्षा गुरुङको अध्यक्षता रहेको थियो। सृजनशिल एकता बालक्लवका अध्यक्ष मनिश न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव श्रेया ढुङ्गानाले गरेकी थिईन ।

    सोही अबसरमा वडा नम्बर ९ मा रहेका अपांगता भएका व्यक्ति डोलेश्वर राजबंसीलाई सोलार बत्ती समेत बितरण गरिएको छ । केही समय अगाडि स्थानीय अगुवा हरुले उनका लागी आवास समेत निर्माण गरिदिएका थिए । यश अघि पनि घर निर्माणमा नगरपालिकाले २० हजार सहयोग गरेको थियो। डोलेश्वरलाई सोलार बत्ती प्रदान गर्दै नगर उपप्रमुख पबित्रा महतरा प्रसाईंले सबैले उज्यालोमा बस्न पाउनु पर्ने भन्दै क्लवहरुले गरेको यस कार्यको प्रशंसा गर्नुभयो । उक्त अवसरमा बालबालिकाहरुले डोलेश्वरलाई फलफूल समेत बितरण गरेको कार्यक्रम संयोजक तथा बाल अभियानकर्मी सरोज पौड्यालले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology