नेपाल आदिवासी जनजाती महासंघ युएईको अध्यक्षमा मोक्तान र महासचिबमा बलामी

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • दुबई, युएई । नेपाल आदिवासी जनजाति महासंघ युएईको गत जुलाई १९ तारीख शुक्रबार २०१९ महाधिवेशन निर्वाचन संयोजक डेर राज गुरुङको निर्वाचन समितिले युएई स्थित कञ्चनजंग रेष्टुरेन्टमा सम्पन्न गरिएको सातौं औं महाअधिवेशन बाट महेश मोक्तानको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरिएको थियो भने यही अगस्ट ९ तारिक दिन दुबईको कार्ल्टन ल्यालेस होटलमा २५ औ विश्व आदिवासी जनजाती दिवसका अवसरमा आयोजना गरिएको भब्य कार्यक्रम का बिच कार्यसमितीको घोषणा गरिएको थियो ।

    महासंघको नयाँँ कार्यसमितिमा अध्यक्षमा महेश मोक्तान महासचिबमा कुमार बलामी निर्वाचित भएका छन भने वरिष्ठ उपाध्यक्षमा,वरिष्ठ उपाध्यक्षमा बिजयलक्ष्मी राई,उपाध्यक्ष यम घर्ती मगर,उपाध्यक्ष डि. बि. समर्पण मगर,महासचिवमा कुमार बलामी,सचिवमा भिम दोङ तामाङ,प्रबक्तामा फलेन्द्र बलाम्पाकी मगर,कोषाध्यक्षमा वाशुदेव चौधरी,सह-कोषाध्यक्षमा ज्ञान बहादुर तामाङ,महिला प्रमुखमा आङग माया शेर्पा र सदस्यहरुमा मनु गाहा मगर,सुनिल मान श्रेष्ठ,रबिन सुनुवार,पुर्ण बहादुर सुनुवार,धर्मराज महत्तो,खोर बहादुर महत्तो,खडक बहादुर भुजेल,उर्मिला भुजेल,डम्बर लिबाङ,दुर्यो धन राइ,प्रवीण गुरुङ,सांगी डोल्म गुरुङ र कमल लावती निर्वाचित भएका छन । निर्वाचित भएका सम्पुर्ण पदाधिकारीहरु लाई युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिएका थिए।

    कार्यक्रम आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्व, युएई स्थित नेपाली राजदुतावासका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने युएईमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको विशेष उपस्थीती रहेको थियो ।

    कार्यक्रम नेपाली राष्ट्रिय गीतकाे गुञ्जायमान संगै अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै महासंघ आबद्ध जातीय संघसंस्थाहरुले आ-आफ्नो जातीय भेषभुषा, झांकी, नृत्य, सांस्कृतिक नृत्य सहित आ-आफ्नो समुदायको पहिचान झल्काउने गरि विभिन्न कला र आफ्नो जातीय सामाग्रीहरुको स्टल प्रदर्शन गरेको थियो

    अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नारासहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय सस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम भब्य र सभ्य ढंगले सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology