मेचीनगरमा लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काँकरभिट्टा,२८ साउन । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५,०७६ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले १२ करोड २६ लाख १८ हजार ६ सय २८ रुपैयाँ ८० पैसा बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४,०७५ सालमा नगरपालिकाले ५ करोड ९४ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।


    ६ करोड ३२ लाख १५ हजार १ सय ७७ रुपैयाँ राजस्व बढी सङ्कलन गरेको मेचीनगर नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख एवम् लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७५,०७६ को समष्टिगत आय–व्यय संक्षिप्त प्रतिवेदन अनुमोदनसहित सार्वजनीकिकरण गर्ने निर्णयसमेत गरेको उनले बताए ।

    नगरपालिकाको खातामा मूल संरक्षित कोषको आयतर्फ १ अर्र्ब ३४ करोड २१ लाख ८८ हजार ५ सय २० रुपैयाँ ८९ पैसा छ । जसको आन्तरिक आम्दानी २३ करोड ८१ लाख ५१ हजार १ सय ११ रुपैयाँ ३२ पैसा छ । त्यस्तै बाह्य आम्दानीतर्फ १ अर्ब १० करोड ४० लाख ३७ हजार ४ सय ९ रुपैयाँ ५७ पैसा रहेको लेखा अधिकृत कार्कीले बताए ।

    नगरपालिकाको खाताको ट्रान्सफर खर्चतर्फ १ अर्ब १३ करोड ४४ लाख २८ हजार ५ सय १५ रुपैयाँ ३६ पैसा रहेको कार्यालयले जनाएको छ । जसको आन्तरिक खर्चतर्फ १२ करोड ९४ लाख ५ हजार ८ सय ७८ रुपैयाँ ८३ पैसा र बाह्य खर्चतर्फ १ अर्ब ५० लाख २२ हजार ६ सय ३६ रुपैयाँ ५० पैसा रहेको कार्कीले बताए ।

    आर्थिक वर्ष २०७५,०७६ मा नगरपालिकाको कुल खर्च १ अर्ब २१ करोड ९४ लाख २० हजार ६ सय ६७ रुपैयाँ १९ पैसा भएको थियो । योमध्ये चालु बजेट खर्च ७२ करोड २१ लाख ५६ हजार ५६ रुपैयाँ ३६ पैसा छ । त्यस्तै पूँजीगत बजेट खर्चतर्फ ४९ करोड १७ लाख ८० हजार ८ सय ७४ रुपैयाँ ९२ पैसा र वित्तीय व्यवस्थापनतर्फ ५४ लाख ८३ हजार ७ सय ३५ रुपैयाँ ९० पैसा रहेको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology