पाँचथरमा पाँच जनामा डेङ्गु भेटियो

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • पाँचथर,२८ साउन । पाँचथरमा पहिलो पटक डेङ्गु रोगका बिरामी भेटिएका छन् । २ साता यता त्यस्ता बिरामी भेटिन थालेपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लाको अवस्था बारेमा चासो राखेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरलाई पत्राचार गर्दै मन्त्रालयले जानकारी लिएको हो । मन्त्रालयले पत्राचार गरेपछि जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क सङ्कलनमा लागेको छ ।

    पहाडी इलाकामा पहिलो पटक यस्तो सङ्क्रमण भेटिएको हो । फिदिममा जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै दिएको जानकारी अनुसार हालसम्म ३ हजार ४ सय २५ जानमा त्यस्तो सङ्क्रमण देखिएको छ । यो सङ्ख्या मोरङ, सुनसरी, झापासहितका जिल्लाको हो । भेटिएका सङ्क्रमित मध्ये मोरङका मात्रै ३ हजार रहेका छन् । पछिल्लो समय पाँचथरमा ५ जनामा त्यस्तो सङ्क्रमण पाइएकोे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    आम नागरिकमा डेङ्गु सङ्क्रमणका बारेमा गलत धारणा रहेको पाइएको छ । यो रोग डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    ‘यो सामान्य सङ्क्रमण हो । समयमा उपचार गराए निदान गर्न कुनै समस्या छैन’ जिल्ला स्वास्थ्य कार्यालयका पाँचथरका तेजबहादुर तुम्बापो भन्छन् , ‘अहिले जिल्ला स्वास्थ्य कार्यालय सङ्क्रमण जिल्लामै भएको हो या बाहिर गएर फर्किएकाहरूमा भएको हो भन्ने खोजीमा छ ।

    यसअघि भेटिएका केही सङ्क्रमित तराईबाट फर्किएकाहरू रहेकाले थप हुने पनि सोही अवस्थाका छन् या यहीँ सङ्क्रमण भएको हो भन्ने खोजी भइरहेको हो । यहीँ नै रहेकाहरूमा सङ्क्रमण पाइए समस्या समाधानका लागि लामखुट्टे खोज र नष्ट गर अभियान चलाउनुपर्ने तयारीमा जिल्ला स्वास्थ्य कार्यालय पुगेको बताइएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology