मेची सहकारीमा एकललाई प्रोत्साहन वोनस शेयर

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • दमक,२८ साउन। सहकारीमा एकल महिलाहरुको सक्रियता अभिबृद्धि गराउन झापा, दमकको मेची सहकारी संस्थाले प्रोत्साहन कार्यक्रम ल्याएको छ । चालु आर्थिक बर्षदेखि लागू हुने गरि संस्थाले एकल महिलाहरुलाई शेयर सदस्य वापत एक मुष्ठ रु ३ हजार वोनस शेयर दिने प्रोत्साहन नीति अघि सारेको हो ।

    संस्थाको प्रतिवेदन सार्वजनिक गरिदै ।

    आज संस्थाले आसन्न २३ औ वार्षिकोत्सव तथा २५ औ साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाले त्यस्तो जानकारी दिएको हो । सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईले सहकारीमा एकल तथा ज्येष्ठहरुको पहुँच वृद्धि गराउन संस्थाले प्रोत्साहनमूलक कार्यक्रम ल्याएको जानकारी दिए ।
    उनका अनुसार सस्थाले ७० वर्षमाथिका ज्येष्ठ सदस्यहरुलाई बार्षिक भत्ता समेत वृद्धि गरिएको छ । संस्थाले ज्येष्ठलाई दशै,तिहारको मुखमा रु १२ सय दिदै आएकोमा थप रु १ सय वृद्धि गराउने प्रस्ताव गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । त्यस्तै, संस्थाका सदस्यहरुलाई स्वास्थ्य विमा कार्यक्रम अन्गर्त नसर्ने खालका क्यान्सर,मिगौला ,मुटु जस्ता दिर्घरोगका विरामीलाई रु ५० हजार सम्म अनुदान दिने व्यवस्था छ । यसैगरि सदस्यका पति,पत्निलाई त्यस्तो रोगको उपचार गर्न रु २५ हजार एकमुष्ठ अनुदान दिने कार्यक्रम थपिएको अध्यक्ष भट्टराईले जनाएका छन् ।
    सहकारीले सदस्यलाई प्राकृतिक विपतिमा दिदैआएको रु १० हजारलाई वढाएर रु ५० हजार सम्म राहत दिने नीति प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाको सभाहलमा भएको पत्रकारहरुसंग अन्तरकृयामा संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले बार्षिक गतिविधिहरु प्रस्तुत गरेका थिए । वगालेका अनुसार संस्थामा हालसम्म ३५ सय १४ सदस्य, रु १४ करोड ५५ लाख ३९ हजार शेयर पूंजीसहितको रु १ अर्व ४५ करोड १७ लाख ४२ हजार ७ सय ५३ वासलात कारोवार गर्न सफल भएको छ ।
    त्यसैगरि ,संस्थाले यसवर्ष सहकारी आवास कार्यक्रम अन्तर्गत दमक ४ मा कम्तिमा ४८ घर मध्ये २० घर वनाएर उचित मूल्यमा सदस्यलाई वितरण गर्ने योजना प्रस्ताव गरिएको छ । त्यसका लागि न्यूतम लागतमा घर वितरण गर्न नीचि वनाईने उनले वताए । घर बुकिङ्ग साधारणसभाबाट खुल्ला गरिने तयारी गरिएको जनाईएकोछ । त्यस्तै, संस्थाले यसवर्षलाई सदस्य वर्षका रुपमा मानेर थप १५ सय सदस्य बृद्धि गराउने समेत प्रस्ताव अघि सारेको छ ।
    सञ्चार उपसमितिकी संयोजक तथा संस्थाकी उपाध्यक्ष गीता कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सहकारी क्षेत्रको विकास गर्न स्थानीय सरकार प्रयत्नशील रहेको औल्याएका थिए ।
                                             प्रतिवेदन सार्वजनिक
    मेची सहकारी संस्थाले आफनो साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन प्रदेश सभा सदस्य अर्जुन राईले सार्वजनिक गरे ।  आज स्थानीय कस्मिक पार्टीको सभाहलमा छुट्टै कार्यक्रम गरि प्रतिवेदन सार्वजनिक गर्नुका साथै उत्कृष्ट सदस्यलाई पुरस्कार ,शैक्षिक अभिभावकत्व साझेदार विद्यालयलाई सम्मान,उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत गरिएको व्यवस्थापक बगालेले जानकारी दिए । त्यस्तै, कर्ण शाक्यको आतिथ्यतमा जीवनपयोगी सम्बन्धी सन्देसमूलक कार्यक्रम गरिएको थियो ।
    संस्थाले बार्षिक प्रतिवेदन सार्वजनिक अवसरमा बार्षिक रुपमा ती कार्यक्रमहरु सञ्चालनन गरिआएको जनाईएको छ । यसैवीच, साधारणसभाको अवसर पारेर यहि भदौ ११ गते संस्थाले नियमित रुपमा गर्दे आएको रक्तदान, आखाँदान,शरीरदान,दन्त शिविर सञ्चालन गरिने छ भने भदौ १२ गते कस्मिक पार्टी प्यालेसमा साधारणसभा हुने छ ।

                                           डेढ करोड राजस्व वुझायो

    मेची सहकारीले गएको वर्ष सरकारलाई करिव डेढ करोड कर वुझाएको छ । संस्थाले विभिन्न करमार्फत रु १ करोड ४३ लाख ३३ हजार १ सय १८ रुपैया कर बुझाएको व्यवस्थापक खोमप्रसाद वगालेले जानकारी दिए । उनका अनुसार आयकर मार्फत रु ७२ लाख ७२ हजार ३ सय ५६ , व्याजकर मार्फत ६३ लाख ८३ हजार ५ सय ६३ , कर्मचारी पारिश्रमिक करमार्फत १ लाख २० हजार २ सय ५० ,सञ्चालक समितिको बैठक करमार्फत १ लाख ३२ हजार ७० र साधारणसभाको पारिश्रमिक करमार्फत रु ४ लाख २० हजार ६ सय १५ रुपैया बुझाएको छ । संस्थाले त्यस वर्ष कुल रु ३ करोड ५७ लाख ४९ हजार २ सय ८ रुपैया मुनाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology