दमक ट्राफिक प्रहरी पूरानै स्थानमा स¥यो

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • दमक,२८ साउन । ट्राफिक प्रहरी कार्यालय दमक पूरानै स्थानमा सरेको छ । निर्माणाधिन कार्यालय परिसरमा दैनिक कार्यालय सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएपछि ट्राफिक आफनै जमीनमा सरेको हो । गत बैशाख २० गते ट्राफिक कार्यालय दमकको वसपार्कको टर्मिनल भवनमा अस्थायी रुपमा स्थानन्तरण गरिएको थियो ।


    ट्राफिक कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा अधिकारीका अनुसार गत बैशाख २० मा स्थानन्तरण गरिएको ट्राफिक कार्यालय तीन महिना पछि आफनै जग्गामा सरेको छ । प्रनानि शर्माले भवनको पछाडि निर्माण गरिएको कार्यालयवाट दैनिक कामकाज शुरु गरिएको बताए ।

    ‘निर्माणाधिन पक्की कार्यालय भवन धमाधम बनिन्दै छन् ’ट्राफिक भवन निर्माण उपभोक्ता समितिका सचिव चन्द्र खत्रीले आफनै कार्यालयबाट सेवा सुविधा उपलव्ध गराउन आवश्यक संरचना तयार गरिएपछि कार्यालय आफनै ठाँउमा सरेको जानकारी दिए ।

    निर्माणाधिन ट्राफिक भवन

    दमक ५ मा निर्माणाधिन ट्राफिक भवन गत बैशाख २३ गते शिलान्यास गरिएको थियो । करिव ३ करोडको लागत रहने निर्माणाधिन भवन सुविधासम्पन्न हुने सचिव खत्रीले वताएका छन् । उपभोक्तामार्फत निर्माण हुने निर्माणाधिन भवनको कुल लागत रु २ करोड ६३ लाख २७ हजार २ सय ५० रहेको छ । उनका अनुसार हालसम्म स्थानीय सरकारबाट रु १० लाख र प्रदेश सरकारवाट रु २० लाख खर्चभईसकेको छ । आन्तरिक स्रोतवाट भवनमा १ लाख ६१ हजार४ सय २४ रुपैया थप लगानी भईसकेको छ ।

    निर्माणाधिन भवनको पहिलो तलामा ढलाईको क्रममा पुगेको सचिव खत्रीले जनाएका छन् । भवनको काम तीव्र गतिले भईरहेको भन्दै उनले भने, –‘भवन निर्माणमा स्थानीय सरकार र प्रदेश सरकारबाट भवन सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिने आश्वासन पाएका छौ ।’ ट्राफिक कार्यालय भवन वनाउन सामाजिक अगुवा तथा निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ ।
    यसैवीच ,निर्माणाधिन ट्राफिक भवनको कामका बारेमा हालै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, झापा प्रहरीका प्रमुख तथा सरक्षा अधिकारीहरुले स्थलगत अनुगमन समेत गरेको सचिव खत्रीले वताए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology