रोटरी क्लव दमकद्धारा वृक्षरोपण

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • दमक,२७ साउन । रोटरी क्लब अफ दमक र रोट्रयाक्ट क्लब अफ दमकले पशुपति मन्दिर प्रसाद वितरणसहित बृक्षरोपण कार्यक्रम गरेको छ । साउने वर्तालुहरुलाई लक्षित गरेर रोटरीले भक्तजनलाई, पानी चिया र खाजा बितरण गरेको हो ।

    रोटरीले साउन भरि मन्दिरमा आउने तीर्थालुहरुलाई पानी वितरण गर्दे आएको क्लवका अध्यक्ष सन्दिप चापागाईं ( दिपु )ले जानकारी दिए । उनका अनुसार क्लबले मन्दिर परिसरमा विभिन्न जडिवुटीजन्य विरुवाहरु समेत बृक्षरोपण गरेको छ । त्यसक्रममा रोटरी, रोट्रयाक्टका सदस्यहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
    यसैगरि आजनै रोटरी क्लब अफ दमक र पहिलो पाइला दमक शाखाले पनि पशुपति मन्दिर परिसरमा सरसफाई गर्नुका साथै भक्तजनहरुलाई शुद्ध पिउने पानी बितरण गरेका छन् ।
    आज साउन महिनाको अन्तिम सोमबार भएकाले भक्तजनहरुको बाक्लो उपस्थितिलाई ध्यान दिई सरसफाईसहित पानी वितरण गरिएको पहिलो पाईला दमक शाखा अध्यक्ष छवि बाँस्कोटाले जानकारी दिए । पहिलो पाईलाले मन्दिर बाहिर सहयोग लिन बसेका असहायहरुलाई खाजा स्वरुप बिस्कुट र पानी समेत प्रदान गरेको थियो । पहिलो पाईलाको कार्यक्रमलाई दमकको जोलिबी खाजा घरका सञ्चालक सरोज बास्कोटाले भक्तजनहरुलाई खुवाउने पानी उपलब्ध गराएका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology