ट्राफिक व्यवस्थापन गर्न दमकमा कार्यविधि

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • दमक, २७ साउन  । झापाको दमक नगरपालिकाले नगरको यातायात तथा ट्राफिक व्यवस्थापन गर्दे शहरी सुदृढीकरणका लागि छुट्टै कार्यविधि बनाएर लागू गरेको छ । सो कार्यविधि अनुसार दमक २ का वडाध्यक्ष तथा यातायातको क्षेत्रका अनुभवी प्रजापति सापकोटा अध्यक्ष रहेको ३७ सदस्यीय दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवम शहरी क्षेत्र सुदृढीकरण समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

     टोलीले दमकमा यातायात तथा ट्राफिक व्यवस्थापनको अनुगमन गर्दे ।

    गठित समितिले ट्राफिक प्रहरी र जनपद प्रहरीको सहयोगमा सो कार्यविधि कार्यान्वयन गर्ने गराउने अध्यक्ष सापकोटाले बताए । सो कार्यविधिको कडाइँका साथ पालना गराउने बिषयमा सम्बन्धित निकायहरुबीच चरणबद्ध छलफल गरिएको छ । कार्यविधिमा नगरपालिकाको बजार क्षेत्र र लोकमार्गमा प्रतिघण्टा ४० किमी भन्दा बढी गतिमा सवारी चलाउन रोक लगाइएको छ ।
    त्यस्तै समितिले सडकको व्यस्तता, सवारी चाप समेत हेरेर नगरका अन्य सडकमा समेत गाडीको गति सीमा तोक्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै कार्यविधिमा सडकमा गति नियन्त्रणका लागि भन्दै हम्स राख्न रोक लगाइएको छ ।
    यसअघि निर्माण भएका हम्स १ महिनाभित्र हटाउन पनि सम्बन्धित उपभोक्तालाई समितिले आदेश दिने उल्लेख छ । त्यस्ता हम्सका कारण सडकमा दुर्घट्नाको जोखिम झनै बढेको ट्राफिक प्रहरीको निष्कर्ष रहेकाले हम्स हटाउने व्यवस्था गरिएको हो ।

    नगरपालिकाले तोकेका यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि नियम उल्लंघन गर्ने सवारीलाई सो समितिले जरिवाना समेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
    सवारीसाधन दुर्घटना भएमा दुर्घट्नामा गल्ती गरेको सवारी पहिचान गरी कारबाही गरिने, नगरपालिका क्षेत्रभित्र मापसे गरी सवारी चलाएमा प्रहरीले नियन्त्रणमा लिई त्यस्ता चालकमाथि हदै सम्मको कानुनी कारवाही र जरिवाना समेत समितिले गर्ने जनाईएको छ । सडक सुरक्षाका लागि बाटोमा सवारी बिग्रिएमा २ घण्टाभित्र साइड लगाई सुरक्षित ठाउँमा लगी सक्नुपर्ने र सवारी रोकि राखेको अवस्थामा अनिवार्य रुङालो राख्नुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।
    त्यसैगरी बजार क्षेत्रमा सवारीको हर्न बजाउन निषेध गरिएको छ भने नगरपालिका क्षेत्रभित्र मात्र सञ्चालन हुने व्यवसायीक सिटी रिक्सा र अटो लगायत सवारी तथा ढुवानी साधनमा आबद्ध चालकलार्ई नगरपालिकाले स्थानीय परिचय पत्र जारी गर्ने व्यवस्था गरिएको छ । परिचय पत्र नलिने चालकले नगर क्षेत्रमा स्थायी रुपमा सवारी चलाउन पाउने छैनन् ।
    नगरपालिका क्षेत्रभित्र नियमसंगत सवारी चलाउने साना र ठूला सवारीका चालकलाई हरेक बर्ष प्रोत्साहनको व्यवस्था समेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
                                               बसपार्कको उपयोगमा जोड
    सो समितिले दमकको बसपार्कलाई उच्चतम सदुपयोग गर्न सार्वजनिक यातायातका सवारी साधनहरु अनिवार्य रुपमा बसपार्क भित्र प्रवेश गराउनु पर्ने व्यवस्था पनि गर्दैछ ।
    समितिले हाल वढी भिडभाड रहेका क्षेत्रहरुमा राखिएका लोकल तथा ननस्टप काउण्टरहरुलाई बसपार्क भित्रै एकीकृत गरी चाप हुने क्षेत्रमा यात्रु ओराल्ने र चढाउन पूर्ण रुपमा रोक लगाउने, समितिले तोकेकोे क्षेत्रमा भन्दा अन्यत्र सवारी रोक्ने, यात्रु चढाउने, ओराल्ने गरेमा तोकिएको जरिवाना असूल गरी कारवाही गरिने निर्णय भएको ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्मा अधिकारीले बताए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology