छोरीको जन्मदिनको अवसरमा असहाय बालबालिकाको लागि सहयोग

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • साउन २७, झापा- झापाली समाज युएईका संस्थापक आजीवन सदस्य तथा पुर्व उपाध्यक्ष राजेन्द्र कुमार दाहाल र नेपाल सम्पर्क समितिका सह कोसाध्यक्ष तीलरुपा दाहाललेले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर असहाय बालबालिकाहरुको लागि समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् ।

    झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला दाहाल दम्पतिले आफ्नी छोरी प्रतिमा दाहालको जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

    झापाली समाज युएईका हरेक गतिविधिमा सक्रियता पुर्वक योगदान दिएका पुर्व उपाध्यक्ष राजेन्द्रकुमार दाहाल हाल नेपाल फर्केर सामाजिक क्षेत्रमा लागेका छन् ।

    झापाको केर्खा बजारमा बसोबास गर्ने दाहालकी श्रीमती तिलरुपा दाहाल पनि स्थानीय सामाजिक, आर्थिक र ब्यावसायिक क्षेत्रमा सुपरिचित ब्याक्तित्व हुन् । झापाली समाज युएईको अभियानमा समेत लामो समयदेखि आवद्ध दाहालले आफ्नी छोरीको जन्मदिनलाई सामाजिक हितमा समर्पित गर्न सानो सहयोग गरेको बताएकी छिन् ।

    झापाली समाज युएई अन्तरगत अक्षय कोष संकलन समितिका सहसंयोजक अमर राईले जन्मदिनको अवसर पारेर असहाय बालबालिकाहरुको लागि सानै भए पनि रकम जम्मा गरे पनि दाहाल परिवारले ठुलो र उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका छन् ।

    समाजको यसै अभियानमा झापा बुद्धशान्ति गाउँपालिका-३ का टीका कटेलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना बुवा शिवभक्त र आमा विश्नुमाया र आफ्नै नाममा अक्षयकोषमा आर्थिक सहयोग गरेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology