जन्मदिनको उपलक्ष्यमा अक्षयकोषलाई सहयोग

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६



  • अगस्ट १० । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन् । जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना बुबा शिवभक्त र आमा विश्नुमायाको नाममा अक्षयकोसमा रकम जम्मा गर्दा बढी उपयोगी र सान्दर्भिक हुने ठहर गरी टीकाले यो निर्णय गरेको बताएका छन् ।

    युएईमा करिब १५ वर्षको रोजगारी पश्चात् ८ महिना अगाडि साउदी अरब पुगेका टीका कटेल झापाली समाज युएईका संस्थापक केन्द्रीय सदस्य साथै अबुधाबी क्षेत्रीय समितिका पुर्व उपाध्यक्षको पदमा रहेर काम गरिसकेका छन् । समाजको साँस्कृतिक विभागमा काम गरिसकेका कटेल गायन क्षेत्रमा पनि निरन्तर अगाडि बढिरहेका छन् । उनले गायिका अन्जु पन्तसँग “उही बाटो, उही लक्ष्य, उस्तै हाम्रो चाहना छ…..” बोलको युगल गीत रेकर्ड गरिस्केका छन् ।

    झापाली समाज युएईका आजीवन सदस्य समेत रहेका कटेलले समाजले चालेको अभियानमा उक्त रकम हस्तान्तरण गरेका हुन् । युएईको सक्रिय सामाजिक संस्था झापाली समाज युएईले आफ्नो जिल्लाका असहाय बालबालिकाहरुको सहायताको लागि १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । यो अभियानमा आफ्नो नामबाट पनि थप ५ हजार रुपैयाँ गरी जम्मा २० हजार रुपैयाँ हस्तान्तरण गरेको उनले जानकारी दिएका छन् ।

    झापाली समाज युएई अन्तर्गत रहेको अक्षय कोष संकलन तथा पुर्णता समितिका संयोजक तथा गायक पारस लामाले टीका कटेलको यो सहयोग अनुकरणीय रहेको र समाजले उच्च मुल्यांकन गर्ने बताएका छन् । जन्मदिनको उपलक्ष्यमा तडकभडक नगरी समाजमा सकारात्मक सन्देश दिने टीका कटेलको महान सोचलाई झापाली समाज युएईको तर्फबाट हार्दिक आभार प्रकट गर्दै झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले समाजका सबै आजीवन सदस्यलाई अक्षयकोष स्थापना गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेका छन् ।

    यसै अभियानमा सारजहा क्षेत्रीय समितिमा कार्यरत प्रेमा सुब्बाले पनि आफ्नो जन्मदिनको अवसरमा गत फेब्रुअरीमा ५ हजार रुपैयाँ जम्मा गरेकी थिइन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology